नगरकोट दोहोरी साँझको २६ औं ‌बार्षिक उत्सब भव्य रूपमा सम्पन्न

नगरकोट दोहोरी साँझको २६ औं ‌बार्षिक उत्सब कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
काठमाण्डौको मुटु मानिने ठमेलस्थित नरसिहंचोकमा अवस्थित रहेको यस दोहोरी साँझले आफ्नो स्थापना बर्षको २५ औं बसन्त पार गर्दै २६ औं बर्षमा प्रवेश गरेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष दुर्गा रायमाझीको प्रमुख अतिथि रहेको कार्यक्रममा विभिन्न बिशिष्ट व्यक्तित्त्वहरु, दोहोरी व्यबसायीहरु लगायत चर्चित कलाकारहरुको उपस्थिती रहेको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठानकै उपाध्यक्ष दिपक खड्का, उपाध्यक्ष सुबास केसी, सचिब पिएन सापकोटा, सदस्य रबिन लामिछाने, सदस्य सुजन लम्साल, प्रतिष्ठान बागमति प्रदेशका अध्यक्ष बाशु सिम्खडा, रात्रीकालिन व्यबसायी संघ बानेश्वर कोटेश्वर समितीका अध्यक्ष आशिष खड्का, ललितपुर समितीका महासचिव बिष्णु खड्का अध्यक्ष, बसपार्क समितीका महासचिव भिम श्रेष्ठ, दोहोरी व्यबसायी एबम् कलाकार प्रकाश कटुवाल, चर्चित गायक नबिन पौडेल, चर्चित गायिका बबिता बानिया जेरी, दोहोरी व्यबसायी नबिन लामा, गायिका काजल पोखरेल, कलाकार केपिना गोतामे लगायक अन्य बिशिष्ट व्यक्तित्त्वहरुको आगमन रहेको थियो ।

प्रमुख अतिथि दुर्गा रायमाझीको हातबाट केक काटेर निकै हर्ष उल्लासका साथ दोहोरीको २६ औं ‌बार्षिक उत्सब मनाईएको थियो । पछिल्लो समय दोहोरी साँझमा बिभिन्न बिकृती र बिसङगती देखिएता पनि नगरकोट दोहोरीमा भने यस प्रकारका कुनै ट्याग नलागेको र निरन्तर साढे २ दशकदेखी राम्रा राम्रा कलाकारहरु जन्माएको भन्दै उपस्थिती अतिथीहरुले प्रशंसा गरेका थिए ।

नगरकोटलाई शुभकामना दिदै प्रमुख अतिथि दुर्गा रायमाझीले बास्तवमै यस दोहोरी साँझ एक उदाहरणिय दोहोरी साँझ र काठमाण्डौमा रहैको थुप्रै दोहोरी मध्य अग्रपक्तिमा रहेको दोहोरी साँझ भन्दै तारिफ गरे । उनले दोहोरी साँझ कलाकारहरुका लागी एक पाठशाला रहेको बताए । जान्नेका लागी अर्थात प्रयोग गर्नेको लागी पाठशाला रहेको र प्रयोग गर्न नजान्नेलाई अरु केही शाला रहेको समेत उनले बताए ।
रातको समयमा काम गर्नु पर्ने भएकाले कलाकारहरुलाई स्वास्थ्यमा खाल राख्नसमेत उनले आग्रह गरे ।

दोहोरिका संचालक बिनोद श्रेष्ठ र उनको टिमले निमन्त्रणा स्विकारेर बार्षिकउत्सब समारोहमा उपस्थिती सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै नगरकोट दोहोरी साँझलाई २५ बर्ष पुराएर २६ बर्षसम्म ल्याउन सहयोग पुर्याउनु हुने सम्पुर्ण टिम, कलाकारहरु र भगवानरुपी पाहुनाहरुलाई मनैदेखी आभार व्यक्त गरे । श्रेष्ठले आगामी दिनमा यस दोहोरीलाई अझै पारिवारिक बातावरणमा संचालन गर्ने बताए । चैत्र २० र २१ गते दुईदिनसम्म चल्ने यस बार्षिक उत्सब कार्यक्रममा राष्ट्रिय स्तरका विभिन्न ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ ।