गृहमन्त्रि श्रेष्ठका गाउँपालिकाका वडा अध्यक्ष जसले आफ्नो सेवासुविधा समाजसेवामा सहयोग गर्छन्

सिरानचोक गाउँपालिका वडा न. ६ गाखुका वडा अध्यक्ष प्रेम वस्तीले आफुले प्राप्त गरेको तलव सामाजिक क्षेत्रमा खर्चिने गरेका छन् ।

उनले आर्थिक वर्ष ०७९-८० मा कुल १ लाख ५१ हजार ५ सय समाजका विभिन्न क्षेत्रलाई आर्थिक सहयोग स्वरूप दान दिएका छन् । उनले हालसम्म विभिन्न परोपकारी संघ-संस्था, विपन्न असहाय, विकास निर्माण, स्वास्थ्य सेवा लगाएतका क्षेत्रमा सहयोग गरेका छन् ।

देश र समाजको सेवा गर्ने उद्देश्य राखी राजनीतिमा लागेका वस्ती भन्छन “म कुनै नाफा आर्जन गर्ने उद्देश्यले राजनीतिमा होमिएको हैन, म केवल समाजमा भएको बिसंगीती एवं असहजतालाई सहजीकरण गरी विपन्न गरीब दुखीको सेवामा समर्पित रहनेछु ।”

उनले वडाअध्यक्षको उम्मेदवारी दिई चुनाव प्रचार-प्रसारकै क्रममा आफू निर्वाचित भए राज्यकोषबाट उपलब्ध हुने तलब सुविधा वडा र जनताको लागि खर्च गर्नेछु भनेर वाचा गरेको थिए । अहिले उनि त्यही बाचा पुरा गर्दैछन् । उनि भन्छन् “म सामाजिक मानिस हो, समाजको सेवा गर्छु भनेर कसम खाएर आएको हुँ, समाजकै सेवा गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ । जनताले दिएको अवसर र सम्मानको फाईदा नाफाको रूपमा लिएर अपमान गर्नु हुदैन, जनताको अपेक्षालाई उपेक्षा गर्नु ठुलो पाप हो ।”

अन्य जनप्रतिनिधिहरुले पनि स्वार्थ रहित रूपले देश र जनताको सेवामा समर्पित भए देश बन्न धेरै समय नलाग्ने उनको तर्क छ ।

उनि नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।