दोहोरी सर्जक शिव केसीको तिज कोसेली ‘गाजलु कालो’ बजारमा

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित दोहोरी सर्जक शिव केसीको सृर्जनामा तिज कोसेली ‘गाजलु कालो’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि सर्जक केसीले तिज कोसेलीलाई निरन्तरता दिएका छन् । लोकप्रिय गायिका शान्ती श्री परियार, गायक सन्तोष दवाडी र शिव केसीको आवाजमा सजिएको गितमा शिव केसीको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । गितमा जीवन बड्डुको संगित संयोजन रहेको छ ।

निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा मायाप्रेमको विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै दर्शकहरुको रोजाईमा परेको छ ।

उमेश गुरुङको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफिमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा आधा दर्जन कलाकारहरुको अभिनयसंगै डान्सिङ्ग फिचरिङ्ग रहेको छ । गित Quality Films Nepal अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :