गायिका शान्ति श्री परियारको आवाजमा प्रेम सापकोटा ‘सोनु’को तीज गीत सर्वाधिक चर्चामा

हिन्दु नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय गायक प्रेम सापकोटा ‘सोनु’को तिज गित ‘छैन मलाइ सुख’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि सापकोटाले तिज कोसेलीलाई निरन्तरता दिएकf छन् ।

तीज गीत भन्दा बित्तिकै आज भोलि रत्यौलि बुझिन्छ । किन कि हामिले आफ्नो संस्कार संस्कृतिलाइ बिस्तारै बिर्सदै गएका छौ । हजारौ कलाकार छन तर संस्कार संस्कृति एकातिर कलाकार अर्को तिर छन । चाडबाड को मर्म भावनालाइ बुझेर गीत सृजना गर्ने कलाकार थोरै मात्रमा छन त्यो भित्रको नाम हो प्रेम सापकोटा ” सोनु ” ।

लामो समय देखि जापानलाइ कर्म थलो बनाउदै आउनु भएका सोनु को तीज गीत ”छैन मलाइ सुख ” सार्बजनिक भएको छ्। प्राय सृजनाहरु काल्पनिक हुन्छन तर सोनुले आफु कल्पनामै डुबेर हजारौ चेलिको यथार्थ पिडा गीत मार्फत दर्साउनु भएको छ । अहिले पनि हाम्रो समाजमा ठुलो घर भएको , २/४ लाख पैसा , गाडि भएको केटा माग्न आए भने आफ्ना चेलिलाइ त्यो परिवारको बारेमा जानकारी नलिइ त्यसै छोरि दिने चलन छ । भोलिका दिनमा त्यसबाट आउने परिणाम को बारेमा सोच बिचार नगरि बिबाह गरिदिदा धेरै अप्रीय घटेका उदाहरण पनि प्रशस्तै छन ।

धनि घर हेरेर छोरि दिदा धेरै छोरि चेलिले परिवार बाट याताना पाएका उदाहरण पनि प्रशस्तै छन । आधा रातमा श्रीमान रक्सि पिएर आएर कुट्दाको पिडा , सासु ससुराले दिने यातना , छोरा छोरि समयमा नहुदा घर परिवारले , समाजले त्यो बुहारिलाइ हेर्ने नजर र गर्ने ब्यवहारलाइ गीतमा प्रष्ट तरिकाले सोनुले उतार्नु भएको छ । साथै सोनुले गीतको माध्यम बाट समाजमा घट्ने गरेका यस्ता घटनालाइ निरुत्साहित गर्न चेतनाको घन्टि पनि बजाउनु भएको छ । स्वयम सोनुको लय / शब्दमा रहेको गीतमा पछिल्लो समयकि चर्चित गायिका शान्ति श्री परियारको आवाज रहेको छ । यस गीतमा बिनोद बाजुरालिको एरेन्ज रहेको छ भने गीतलाइ चर्चित निर्देशक शेखर घर्ति मगरले निर्देशन गरेका छन ।

अभिनयको मुख्य भुमिकामा चर्चित मोडल शिशिर पौडेल , स्मारिका ढकाल , घनस्याम ढकाल, छबिका ढकाल लाइ देख्न सकिन्छ । गीत प्रेम सापकोटा सोनु युटुब च्यानल मार्फत बजारमा आएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :