रेनुका भट्टराई र खुमन अधिकारीको तिज गीत युटुव ट्रेण्डिङ्गमा, रातारात बन्यो भाईरल

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय दोहोरी गायिका रेनुका भट्टराईको तिज गित ‘बत्ती पिली पिली’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि रेनुकाले तिज कोसेलीलाई निरन्तरता दिएकि छिन् ।

लोकप्रिय गायक खुमन अधिकारी  र रेनुका भट्टराईको आवाजमा सजिएको गितमा दोहोरी सर्जक कृष्ण बस्यालको उत्कृष्ट शब्द रचना एवम् गायक खुमन अधिकारीको संगीत सृर्जना रहेको छ । गितमा विनोद बाजुरालीको संगित संयोजन रहेको छ ।

निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा मायाप्रेमको विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । गित सार्वजनिक भएको छोटो समयमा नै दर्शकहरुको रोजाईमा परेको छ । गित युटुव र टिकटकमा निकै रुचाईएको छ । गीत यती बेला युटुब ट्रेण्डिङ्गमा रहेको छ ।

जेरी भण्डारीको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफिमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा अमृत दाहाल, अमर दाहाल, गीता ढुंगाना र रेनुका भट्टराई  अभिनयसंगै डान्सिङ्ग फिचरिङ्ग रहेको छ । भिडियोमा अतिथी कलाकारको रुपमा गायिका अस्मिता डल्लाकोटी र खुमन अधिकारी देखिएका छन् ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई करण चैसिरले छांयाकन एवम् सुजन कोइरालाले सम्पादन गरेका छन् । गित Renuka Bhattarai Official  युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनि: