एन आर एन ए पपुवा न्यू गिनी को निर्वाचनमा हिमाल गौतम निर्बिरोध निर्बाचित उपाध्यक्ष

Spread the love

लामो समय अघि नै एनआरएनए ए पपुवा न्यू गिनीको सदस्यता लिएका गौतम सामाजिक अभियानमा निरन्तर सक्रिय छन्। पछिल्लो समय एनआरएनएमा सहभागिता बढाउने क्रममा पनि उनी अग्रपंक्तिमा खटिंदै आएका छन्। गौतम आफ्नो सामाजिक संजला फेसबुक मार्फत स्टाटस शेयर गर्दै लेख्नु हुन्छ ।


सम्पूर्णमा कृतज्ञता !!
एन आर एन ए पपुवा न्यू गिनी को निर्वाचनमा मलाई निर्बिरोध निर्बाचित उपाध्यक्ष को जिम्मेवारी प्रदान गर्नु भएकोमा यस सँस्थाका सम्पूर्ण सदस्यहरु प्रति म बिशेष आभारी छु। यस निर्वाचनको प्रकृयामा साथ् दिनु हुने मेरो परिवार , शुभचिन्तक साथीहरु , मिडिया र तपाई सम्पूर्ण प्रति म बिशेष धन्यबाद ब्यक्त गर्दछु। सफलता पूर्बक निर्वाचन सम्पन्न गर्नु भएकोमा निर्वाचन कमिटीलाई हार्दिक कृतज्ञता ब्यक्त गर्दछु।