चर्चित दोहोरी गायक राजु आर डी र गीता सेञ्चुरीको ‘सम्झेको छैन र’ सार्वजनिक (भिडियो सहित)

नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै लोकप्रिय गायिका गीता सेन्चुरी र राजु आर डी को सुमधुर स्वरमा तीज गीत “सम्झेको छैन र” सार्बजनिक भएको छ । ‘सम्झेको छैन र’ गीत मौलिक लय र टिपिकल शब्दले सिंगारिएको पाइन्छ ।

गीतको म्युजिक भिडियो पनि मौलिक संस्कृति झल्किने खालको र कर्णप्रिय स्वरले भरिपूर्ण भएको हुँदा दर्शक स्रोताको राम्रैसँग मन जित्ने देखिन्छ । सेञ्चुरीका यसअघि पनि दर्जनौ कर्णप्रिय लोक तथा दोहोरी गीत आइसकेका छन् । भर्खरै सार्वजनिक ‘सम्झेको छैन र’ बोलको गीतमा सुन्दा लय, शब्द, स्वर र म्युजिक भिडियो सबैतरि तारतम्य मिलेको देखिन्छ ।

राजु आर डी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा राजु आर डी संचिता बोलाखे र अनु पराजुलीको अभिनय देख्न सकिन्छ । “सम्झेको छैन र” बोलको गीतको म्युजिक भिडियोलाई राजकुमार मगरले निर्देशन गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन दुर्गेश रानाले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।