दर्शकको मनमा बज्दै सुर्य खड्काको ‘घण्टी टिनिनी’

काठमाडौं – लोकप्रिय सर्जक तथा गायक सूर्य खड्काले यस वर्षका लागि सार्वजनिक गरेको पहिलो तीज गीत घण्टी टिनिनिले दर्शकको मन जित्दै गैरहेको छ ।

चर्चित नेता रवि लामिछानेको समेत नाम र राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी चिन्ह घन्टी शब्द जोडिएको हुनाले पनि गीत दर्शक श्रोताले बढी रुचाएका हुन ।

गीतलाई शब्दमा माहिर चर्चित सर्जक रबिन लामिछानेले शब्द सृजना गरेका छन् भने लय स्वयम् सुर्य खड्काको रहेको छ । आवाजमा खड्कालाइ साथ दिएकि छिन पछिल्लो समयकि चर्चित गायिका सुनिता बुढाले । उक्त गीतको संगित संयोजन बिनोद बाजुरालीले गरेका छन ।

कुमार केशिको निर्देशन मा रहेको भिडियोमा मुख्य पात्रको रुपमा चकलेटी गायक अर्जुन सापकोटा र रुबिना अधिकारिलाइ देख्न सकिन्छ । गीत दर्शक श्रोताको रोजाइमा पर्नेमा निर्माण बिश्वास लिएको छ । गीत सुर्य खड्काको आफ्नै युटुब च्यानल बाट बजारमा आएको छ ।