कस्तुप पन्तको तीज गीत “मन्दिरमा गजुर” युटुबको ट्रेन्डिङमा, टिकटकमा धमका मच्चाउदै

नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै लोकप्रिय गीतकार संगीतकार कस्तुप पन्तको नयाँ तीज गीत “मन्दिरमा गजुर” सार्वजनिक भएको छ ।

यस गीतमा सुनिता बुढा क्षत्रीको स्वर रहेको छ भने उनै कस्तुप पन्तको शब्द, संगीत रहेको छ । यस गीतलाई रमेश सेञ्चुरीले एरेञ्ज गरेका हुन् ।

प्रकाश भट्टकोे निर्देशन रहेको गीतमा राजेश घिमिरेको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा बिमल अधिकारी र उषा उप्रतीको अभिनय रहेको छ । यस गीतलाई छोटो समय टिकटकमा पनि रुचाईएको छ ।

यतीबेला लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको तीज गीत “मन्दिरमा गजुर” युटुबको ट्रेन्डिङमा पर्न सफल हुनुका साथै टिकटकमा पनि धुम मच्चाउदै आएको छ । आफ्नो श्रीमानलाई कसरी मानिन्छ र के का लागी तीजमा महिला ब्रत बस्ने गर्छन् भन्ने बिषयबस्तुलाई गीतमा र भिडियोमा उतार्न खोजिएको छ ।

हृेर्नुहोस् भिडियो ।