विशाल रायमाझी र दुर्गा रोकायको तीज गीतमा दुर्गेश र एलिनाको रोमान्स

हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीत हरु पनि बजारमा आउन थालेका छन् चेलीको बेदना पोख्नेको रुपमा खास गीत हरु कोर्ने गरिन्छ यहि क्रममा तीज गीतलाई समेटेर “लाज किन बाबा ” गीत बजारमा आएको छ बिसाल रायमाझीको आफ्नै अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो ।

बिसाल रायमाझीले यो गीतलाई कोरेका छन् भने लय पनि आफैले बनाएका छन् दुर्गा रोकाय संग आफ्नै स्वर भरेका छन् बिसाल रायमाझीले भने गीतलाई म्युजिक एरेन्ज भने बिस्वाश नेपालको रहेको छ स्टुडियो मारुनिमा रेकड भएको गीतलाई सुमन राना र खुमन रानाले रेकडिङ्ग र कुमार राना मगरले मिक्सिङ्ग गरेका छन् ।

राज कुमार मगरको निर्देसन,प्रकाश खड्काको क्यामरा बाट तयार भएको भिडियोलाई राज कुमार मगरले सम्पादन गरेका छन् भने दुर्गेश रानाको सह सम्पादन र अमर सुनारको कोरियोग्राफी रहेको छ ।

भिडियोमा दुर्गेश थापा र एलिना रायमाझीको दमदार डान्स रहेको छ।

हेर्नुहोस भिडियो ।