सचिन भट्टराई र गङ्गा लामिछानेको तिज कोसेली ‘सुनका चुराले’ सार्वजनिक

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय दोहोरी गायक सचिव भट्टराईको तिज गित ‘सुनका चुराले’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि भट्टराईले तिज कोसेलीलाई निरन्तरता दिएका छन् । गायक सचिन भट्टराई र गायिका गङ्गा लामिछानेको आवाजमा सजिएको गितमा गायिका लामिछानेको उत्कृष्ट शब्द सृर्जना एवम् गायक भट्टराईको लय रचना रहेको छ । गितमा एच वि एन् किस्मतको संगित संयोजन रहेको छ ।

निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा बुढाबुढीको मायाप्रेमको विषयबस्तु चित्रण गरिएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ ।

मौसम हिमालीको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफिमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा विजय पुन र संचिता बोलखेको अभिनय संगै डान्सिङ्ग फिचरिङ्ग रहेको छ ।  अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई नवराज उप्रेतिले छांयाकन एवम् नविन धर्ति मगरले सम्पादन गरेका छन् । गित Sachin Bhattarai अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

यो पनि: