जानकी तारामी मगरको मौलिक तिज गित “सरर सरर” बजारमा

काठमाडौं । हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीत हरु पनि बजारमा आउन थालेका छन् । चेलीको बेदना पोख्नेको रुपमा खास गीत हरु कोर्ने गरिन्छ । यहि क्रममा तीजलाई समेटेर “सरर सरर” तिज गीत जानकी तारामी मगर अफिसियल युटुब च्यानलबाट बजारमा आएको हो ।

चर्चित दोहोरि गायिका जानकी तारामी मगरको लय,शब्द र स्वरमा रहेको गीतमा मौलिकता झल्किएको छ । स्टुडियो मालश्रीमा रेकेर्ड भएको गीतलाई सुमन राना र खुमन रानाले रेकडिङ्ग र कुमार रानाले मिक्सिङ्ग गरेका छन् ।

स्मृति तिमिल्सिनाको निर्देशनमा रहेको गितमा आरुषी मगरको दमदार डान्स रहेको छ । प्रकाश खड्काद्धारा छायांकन गरिएको भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका हुन् ।

हेर्नुहोस भिडियो ।

यो पनि: