भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रीको तीज गीत ‘मायाले त होला’ दर्शकको रोजाईमा

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित लोकप्रिय दोहोरी गायक भागिरथ चलाउनेको तिज गित ‘मायाले त होला’ डिजिटल बजारमा भखर्रै सार्वजनिक भएको छ ।  गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको तीज गीत ‘झमझम झम्काना’ गतवर्ष निकै हिट रह्यो । सोही हिट गीतका गायक/गायिकाको सहकार्य यसपटकको तीज गीतमा पनि भएको छ ।

भागिरथले बिहीवार बिहान मात्रै २०८० सालको तीज कोसेली सार्वजनिक गरेका छन् । ‘मायाले त होला’ बोलको उक्त गीतमा भागिरथसँगै सुनिता बुढा क्षेत्रीको स्वर छ । गीतमा शब्द, संगीत भागिरथकै छ । एरेन्ज बिनोद बाजुरालीले गरेका छन् ।  मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा भागिरथ स्वयंम प्रस्तुत छन् । उनको जोडीका रुपमा ‘महापुरुष’ फ्रेम्ड अभिनेत्री अञ्जना बराईली प्रस्तुत छिन् ।

सन्ध्या कंडेलको प्रस्तुति रहेको गीतको भिडियोलाई राजेश घिमिरेले छायाँकन, नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । भिडियो भागिरथले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :