पशुपती शर्मा र सुनिता मगरको स्वरमा तीज गीत “पुतली भुरु भुरु” सार्वजनिक

काठमाडौं । हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीत हरु पनि बजारमा आउन थालेका छन् । चेलीको बेदना पोख्नेको रुपमा खास गीत हरु कोर्ने गरिन्छ । यहि क्रममा तीज गीतलाई समेटेर “पुतली भुरु भुरु” गीत बजारमा आएको छ । तिलक ओली अफिसियल युटुब च्यानलबाट बजारमा आएको हो ।

भूपू मायाको सम्झनामा अमेरिकामा बस्दै आएका तिलक ओलीले यो गीतलाई कोरेका छन् भने लय पनि आफैले बनाएका छन् चर्चित गाएक पशुपति शर्मा र सुनिता मगरको स्वर रहेको गीतलाई म्युजिक एरेन्ज भने बिनोद बाजुरालीको रहेको छ । स्टुडियो मालश्रीमा रेकड भएको गीतलाई सागर बाजुराली र गोबिन्द पराजुलीले रेकडिङ्ग र खडक बाजुरालिले मिक्सिङ्ग गरेका छन् ।

निशान बानियाको निर्देशन रहेको गीतमा प्रकाश खड्काद्धारा छायांकन गरिएको भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका हुन् भने अमर सुनारको कोरियोग्राफी र रोनिसा अधिकारीको मेकअप रहेको छ ।

भिडियोमा चिरन्जिबी डागी र रेनुका खड्काको दमदार डान्स रहेको छ भने मञ्जित पहाडी, चन्द्र ओली, खेम ओली, सागर ओली,चन्द्र जोसी र मान जिसीलाई बिसेष धन्यबादको रुपमा प्रस्तुत गरिएको छ ।

हेर्नुहोस भिडियो ।

यो पनि: