गैर आबासीय नेपाली संघ वेलायत राज्य समन्वय परिषद स्कटल्याण्डको उप सचिव उम्मेदवारमा भुपाल कार्की।

एडण्वरा, स्कटल्याण्ड। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको यही आउँदो जुलाई २२ मा हुने निर्वाचनमा स्कटल्याण्ड राज्य समन्वय परिषदको उप सचिवमा भुपाल कार्कीले उम्मेद्वारी दिएका छन्।

बेलायतको स्कटल्याण्ड एडण्वराका व्यवसायी तथा समाज सेवी कार्की विभिन्न सामाजिक संघसंस्थाको अनुभवपछि एनआरएनए स्कटल्याण्डको राज्य समन्वय परिषद कार्यसमिति लाई सफल बनाउन अघि बढेका छन्।

लामो समय देखि नेपाल स्कटल्याण्ड एसोसिएसन संग आवध भई सक्रिय रूपबाट आफ्नो कार्य दक्षता प्रस्तुत गर्दै समाजमा आफ्नो सकारात्मक प्रभाव पार्न सफल भएका छन भने स्कटल्याण्ड मा कुनै पनि क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रूपबाट समाजमा कुनै पनि बेला सहयोग गर्न तत्पर रहने र समाजमा थुप्रै महत्वपूर्ण जिम्मेवारी कार्यहरू गर्दै आएका छन्। व्यक्तिगत एवम् संस्थागत दुवै माध्यमबाट उनी सामाजिक कार्यमा सधैं अग्रसर रहंदै आएका छन्।

उनले स्कटल्याण्डको पेनिक्युकमा लामो समयदेखि नेपाली रेष्टुरेण्ट व्यवसाय गर्दै आएका छन्। स्कटल्याण्डका सामाजिक संस्था एवम् आफ्नो कार्य दक्षता अभियानको अनुभव, एनआरएनए स्कटल्याण्डको कार्यसमितिमा एक विशुद्ध सामाजिक पहिचानको भूमिकामा उपयोग गर्ने योजना रहेको कार्की बताउछन् भने एनआरएनए जस्तो पवित्र संस्थालाई बद्नाम गर्नेहरुलाई निरुत्साहित पार्न आफ्नो प्रभावकारी भूमिका रहने उनको प्रतिवद्धता रहेको छ।

झापा जन्मथलो, हाल स्कटल्याण्ड को एडण्वरा बसोबास गर्दै आएका कार्की नेपालमा समेत दिन दुःखीहरूलाई सेवा गर्दै आइरहेका छन्। नेपालमा गरिने आगामी योजनावारे कार्कि समाजसेवा को अलावा स्वदेशमा लगानी भित्राउन लागिपर्ने र मुलुकलाई समृद्ध दिशातर्फ उन्मुख गर्न आफ्नो तर्फबाट सक्रिय योगदान रहने समेत वताए।

धन्यवाद।