कमला श्रेष्ठले एनआरएनए स्कटलैण्ड राज्य समन्वय परिषदको उपाध्यक्ष पदमा उम्मेदवारी।

यही आउँदो जुलाई २२ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचनमा स्कटल्याण्ड राज्य समन्वय परिषदको उपाध्यक्षमा कमला श्रेष्ठले उम्मेद्वारी दिएका छन्। नेपालमा दाङ घर भएका श्रेष्ठ विगत २० वर्ष देखी स्कटल्याण्डको एडण्वरामा बसोबास गर्दै आएकी छिन्।

श्रेष्ठ बिगतमा आफ्नै नेपाली रेष्टुरेण्ट व्यवसाय संचालन गर्दै आएकी थिइन् र श्रेष्ठ लाई एक सफल व्यवसायीको रूपमा पनि चिनिनेका साथै गायन (लोक) क्षेत्रमा पनि आफ्नो प्रस्तुतिलाई स्थापित गर्दै आईरहेकोछ।

श्रेष्ठ लामो समय देखि स्कटल्याण्डका बिभिन्न संघ संस्था हरूमा आवध् भई सक्रिय रूपमा आफ्नो कार्य दक्षता को प्रस्तुत गर्दै समाजमा आफ्नो पहिचान स्थापित गर्न सफल भएका छन्।

श्रेष्ठ नेपाल स्कटल्याण्ड एसोसीएसन जस्तो एक विशुद्ध सामाजिक संस्थामा एक सफल उपाध्यक्षको हैसियतले संस्थाको जिम्मेवारी बहन गर्दै आईरहेकोछ भने आफ्नो कला, भेषभुषा संस्कृतिलाई संरक्षण तथा जगेर्ना गर्न संस्थाको कला तथा संस्कृति समूहको संयोजकको रूपमा अधि बढि बृहत संस्कृति कार्यक्रमहरू सञ्चालन गरि यसको प्रवर्द्धन कार्यलाई सफलताका साथ विस्तार गर्दै आईरहेकोछ भने एनआरएनए स्कटल्याण्डको सदस्यमा रहेर आफ्ना कार्यकाललाई सफलताका साथ श्रेष्ठले सामाजिक सेवामा सकृय भूमिका निर्वाह गरेका छन् र समाजमा आफ्नो सकारात्मक प्रभाव पार्न सफल भएका छन्। श्रेष्ठ नेपालमा होस् या युकेमा होस्कु, कुनै पनि क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रूपबाट समाजमा कुनै पनि बेला तत्परताका साथ सहयोग र जिम्मेवारी कार्यहरू गर्दै आएका छन्। व्यक्तिगत एवम् संस्थागत दुवै माध्यमबाट उनी सामाजिक कार्यमा सधैं अग्रसर रहंदै आएका छन्।

उनले नेपाली समाजको लागि सेवा गर्ने लक्ष सहित एनआरएनएमा उम्मेदवारी दिएको बताए र आफ्नो यस क्षेत्रलाई अझ बृहत रूपमा अगाडि बढाइ देश समाजलाई आफ्नो अभियानको अनुभवपछि एनआरएनए स्कटल्याण्ड को एक अहम् पदको जिम्मेवारी बहन गरि कार्य गर्न अघि बढेको श्रेष्ठ बताउछन् र यस संस्थालाई एक विशुद्ध सामाजिक पहिचान गराउने र यस अभियानलाई स्कटल्याण्डका हरेक नेपालीसम्म पुर्‍याउने संकल्प गरेका छन्।धन्यवाद।