ज्ञानेन्द्र शाहीद्धारा वुद्ध जन्मस्थल बिषयक मुद्धा संसदमा उठाइने

अष्ट्रेलिया भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक एवं प्रवक्ता ज्ञानेन्द्र शाहीसंग मेलबर्नमा आयोजित अन्तर्कृया कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठद्धारा अभियानले गरेका काम र उपलब्धीबारे जानकारी गराउँदै सरकारद्धारा गरिनुपर्ने यस किसिमका राष्ट्रिय महत्वका बिषयमा जनस्तरबाट गरेर राष्ट्रिय अन्तरराष्ट्रिय महत्वका धेरै उपलब्धीहरु हासिल गरिसक्ता पनि यस्मा सरकारको भने उदासिनता देखिएको र यसरी सरकारले गर्नुपर्ने काम जनस्तरबाट लामो समय गर्दा यो बिषयमा अरु देशका मानिसहरुसंग कुरा गर्दा लज्जाबोध गर्नुपर्ने अवस्था रहेकोले सरकारले यो बिषयलाई अभियानबाट लिएर आफ्नो जिम्मेवारीको रुपमा लिनका लागि धेरैको आशा र भरोसा बनेका युवा नेतालाई संसदमा यसबारे आवाज उठाउन अभियानका तर्फबाट आग्रह गरेपस्चात सांसद शाहीले आफू नेपाल फर्किएपछि यो बिषयलाई संसदमा उठाउने प्रतिबद्धता ब्यक्त गरेका छन ।

श्रेष्ठले माधव कुमार नेपाल प्रधानमन्त्री भएको बेलामा २०१० अगस्टमा यो समस्याको जरो भनेको बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी भएकोले सरकारद्धारा नै यो समस्या समाधान गर्नका लागि पहल गरिनुपर्छ भनी ज्ञापन पत्र बुझाए तापनि त्यो हुन नसकेकोले २०१५ मा सात देशको पाठ्य पुस्तकमा केही प्राबिधिक कारणले गर्दा वुद्ध जन्मस्थल बिषयक गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरण, मानब अधिकार हनन प्रतिरक्षा र विस्व शान्ति अभियान सशक्तिकरणका खातिर सच्याउन आग्रह गरी ती देशका रास्ट्रपति र प्रधानमन्त्रीलाई सम्बोधन गरी लेखिएको छ: पेज अनुसन्धानात्मक प्रतिबेदन बर्तमान प्रधानमन्त्री एबं तात्कालिन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेपस्चात सोही प्रतिबेदनका आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत ती सात देशमा पत्राचार गरेको, तर ती देशको प्रजातन्त्रको सबलिकरण, मानब अधिकार हनन प्रतिरक्षा र विस्व शान्ति अभियान सशक्तिकरण जस्ता महत्वपूर्ण उद्धेस्य प्राप्तीका लागि फलोअप गरिनुपर्ने मा सो नभएकाले गत महिना आफ्नो दक्षिण अफ्रिकाको भ्रमणको क्रममा दक्षिण अफ्रिकाको लागि नेपाली राजदूत महामहिम दान बहादुर तामाङलाई हस्तान्तरण गरेको जानकारी गराए ।

श्रेष्ठले राष्ट्र संघका दुई महत्वपूर्ण निकायहरु अन्तराष्ट्रिय न्यायालय हेग र युनेस्कोको मुख्यालय फ्रान्सको पेरिसमा वुद्धको जन्मस्थल नेपाल भएको जानकारी सहित वुद्धको मूर्ति स्थापना गरिसकेकोले बान कि मून जस्ता बुद्धिस्ट राष्ट्र संघको महासचिब भएको समयमा विस्व शान्ति मुख्य उद्धेस्य भएको राष्ट्र संघिय मुख्यालयमा विस्व शान्तिका प्रतिक वुद्धको मूर्ति वुद्धको जन्मस्थल नेपाल भएको जानकारी सहित स्थापना गर्न आग्रह गर्न तात्कालिन प्रधानमन्त्री खड्ग प्रशाद वलीलाई पत्र लेखिएकोमा त्यस्तो महत्वपूर्ण काम अगाडि नबढाइएकोमा गुनासो पनि पोखे ।

श्रोत: रामकुमार श्रेष्ठ @Ramkshrestha को फेसबुक