युवा विदेश पलायन कहिले सम्म ?

प्रदिप गौतम,
आफ्नो देशमा काम गर्ने र जिबन धान्ने रहर हुँदा हुदै वा देश को रोजगारले आबश्यकता पुरा गर्न नसकेमा सरकारले अनुमति प्रदान गरेको देशमा गई काम गरेर पैसा आर्जन गर्नु बैदेशिक रोजगार हो । सायद कसको नहोला धनि बन्ने सपना अनि दुई मुठी सास रहुन्जेल दुख गर्ने र सम्पति जोर्ने प्रवृति । आत्मनिर्भर बन्न रोजगार, उध्यमशिलता र बैदेशिक रोजगारको आबस्यक पर्दछ तर कसले कसरि आफ्ना आबश्यकता पुरा गर्ने भन्ने मानिसको सोचमा भर पर्दछ । अहिलेको समयमा मानिसकका आबस्यकता पुरा गर्ने र देशको अर्थतन्त्रमा बलियो आधारको रुपमा सहयोग गर्ने रेमिट्यान्स पिलर बनिरहेको छ ।

हाल सम्म करिब ४५ लाख युबा जनशक्ति बैदेशिक रोजगारमा गएको देखिन्छ जसमा २०६८ देखि २०७८ को जनगणना अनुसार पछिल्लो १० बर्षमा मात्र २१,९०,५९२ जना विदेश गएको तथ्यांक देखिएको छ सो मध्ये ८२.२ प्रतिशत पुरुष र १७.८ प्रतिशत महिला रहेका छन् । सबै भन्दा बढी नेपाली जनशक्ति साउदी अरब, कतार, ,दुवै, मलेसिया गएको देखिन्छ । तेस्तै बैदेशिक रोजगारमा जानका लागि सरकार बाट अनुमति प्राप्त देश १११ र ब्याक्तिगत रुपमा १७२ देशमा जान पाउने ब्याबस्था छ । बैदेशिक रोजगारमा गएका मध्ये दक्ष्य जनशक्ति १५ प्रतिशत , अर्धजनशक्ति २४ प्रतिशत र अदक्ष्य जनशक्ति ७४.५ प्रतिशत रहेको छ ।

हालका दिन हरुमा दैनिक रुपमा हजारौ जनशक्ति रोजगारी ,र बिधार्थीको रुपमा देश छाडेका छन् कहालीलाग्दो अवस्था बुज्न सकिन्छ । बर्ष पिच्छे नेपालि जनशक्ति बढी बिदेशिदा सोच्नु पर्ने भएको छ बिदेशिनु बाद्यता हो कि रहर ? पक्कै पनि आफ्नो जन्मभुमि ,परिबार छाडेर जाने मन हुदैन तर आफु माथि  परिवारको जिम्मेबारी दुई छाक मिठो मसिनो खान पनि कठिन अबस्थामा एउटा विकल्प हो बैदेशिक रोजगार र यसो भनि रहदा फेरी कसैको आधारभुत आबश्यकता पुरा हुदा हुदै पनि अतिरिक्त आबश्यकता धनि हुने सोचका साथ् विदेशिने गरेको पाइन्छ। बिदेशिनु बाध्यता नै हो पनि भन्न नमिल्ला सरकारले विभिन्न किसिमका उध्यम्सिलता गर्न सहुलियत, कर्जा तथा अनुदान पनि वितरण गरेको छ तर किन उद्ध्यामसिलाता नअपनाई दैदेशिक रोजगारमा जान्छन नेपाली जनशक्ति । जनशक्तिको इक्श्याशक्ति भएमा कृषि,पशुपालन तथा लघु उद्योगहरुको प्रशस्त सम्भाबना रहेका छन्त र देशमा अझै पनि लगानी मैत्री बाताबरण नभएकोले केहि जोखिम अबस्य मोल्नु पर्दछ ।

खास गरि बैदेशिक रोजगारमा जानुका मुख्य केहि कारण हरुमा नेपालमा लगानी मैत्री बाताबरण नहुनु,काम लाई सानो र ठुलो रुपमा हेर्ने प्रवृति,अशिक्षा,सामाजिक बिकृति ,शान्ति सुरक्षाको कमि ,राजनीतिक अस्थरिता र हस्तक्षप ,बन्द,हड्ताल,चन्दा आतंक,बिदेशमा उच्ह पारिश्रमिक जस्ता कुराहरुले प्रभाब पार्दछ । बैदेशिक रोजगारले अर्थतन्त्रमा ठुलो योगदान पुराएको छ यो नेपालमा मात्र होइन संसारका जुनसुकै देशमा आफ्नो देश छाडी अन्य देशमा गएर रोजगार गर्ने प्रवृति रहेको छ । बैदेशिक रोजगारी बाट देशको गरिबी, बेरोजगारी को न्यूनीकरण,कुल ग्राहस्थ उत्पादनमा बृदी,सिप,प्रबिधि,ब्यबसायिक बिचार योजना हरु भित्रने,बिदेशी मुद्रा आर्जन साथै प्रकृति र सस्कृतिको प्रचार प्रसार हुने जस्ता सकारात्मक प्रभाबहरु रहेका छन्भ ने बैदेशिक रोजगारले सामाजिक बिकृति,श्रमशक्तिको पलायन हुदा देशमा जनशक्तिको अभाब,ग्रामिण भेगमा बृद महिला बालबालिकाको संख्या मात्र जसले गर्दा मलामी जान समेत कठिनाई,सामाजिक कार्य तथा अन्य सहयोगका कार्यमा कठिनाई,विभिन्न खतरा रोगहरुको संक्रमणमा पर्नु,जनशक्तिको अंगभंग हुने, दैनिक जसो लासका बाकसहरु फर्किनु महिलाहरु विभिन्न दुर्ब्याबहारमा फसिनु आदि नकारात्मक असर रहेका छन् ।

सकारात्मक र नकारात्मक पक्ष केलाउदा नेपालि जनशक्ति बिदेशिनु अल्पकालीन रुपमा फाइदा देखिएपनि द्रिघकालिन रुपमा देशलाई ठुलो घाटा पुगिरहेको छ । बैदेशिक रोजगारमा जाने श्रमशक्तिलाई स्वदेशमा ज्ञान,सिप,तालिमहरु प्रदान गरि अनुदान,कर्जा,प्रदान गर्दै उध्यम्सिलाता बिकास गरेमा देशबाट आयात कम हुदै निर्यात प्रबर्दन हुनेछ जसले गर्दा देशमा दिगो बिकास हासिल गर्दै सम्रिद्दी तर्फ़ अगाडी बढ्छ । तत्काल बैदेशिक रोजगारमा जाने श्रमशक्ति नियन्त्रण गर्न कठिनाई भएता पनि बैदेशिक रोजगारमा जादा हुने समस्याहरुलाई न्यूनीकरण गर्न सकिन्छ जसका लागि नेपाल सरकारले अन्य देश संग कुटनीतिक र श्रम सम्जौताहरु गर्ने,बिदेशमा गर्नु पर्ने  काम र उहाको भाषा सम्बन्धि तालिम प्रदान गर्ने ,महिला कामदारको लागि सुरक्षित क्षेत्रमा पठाउने,अपराधिक क्रियाकलाप बाट टाढा रहने,गन्तब्य मुलुकको सामाजिक सास्कृतिक पक्ष्यबारे जानकारी गराउने,श्रम स्वीकृति लिएर मात्र विदेश जानु आदि गरेमा जोखिम कम हुने देखिन्छ ।

अल्पबिकसित देश नेपालमा रोजगारीका अवसर नहुनु र रोजगार भएमा पनि न्युन पारिश्रमिक जसले आबस्यकता पुरा गर्न कठिनाई हुने कारणले नै प्राय नेपाली बिदेशी श्रम बजारमा जानु पर्ने बाध्यता देखिन्छ । बैदेशिक रोजगारलाई सुरक्षित,मर्यादित र ब्यबस्थित गर्न सरकारले विभिन्न प्रयास गरेको छ भने देशमा नै रोजगारीको सिर्जना गर्ने,तेस्तै पन्ध्रौ योजनाको अनुरुप बेरोजगारी ६ प्रतिशतमा झार्ने,निजि तथा सहकारी संस्थासंग समन्वय   र सहकार्य गर्ने,युवा स्वोरोजगार कार्यक्रम,लघु तथा घरेलु उद्योगहरुलाई प्राथमिकता ,प्रधानमन्त्री रोजगार कार्यक्रम,रास्ट्रपति महिला उद्ध्यम कार्यक्रमहरु संचालन पनि गरेको छ। मुलत; युवाहरुले कामलाई सानो ठुलो नभनी देशमा सानो सानो उद्ध्यम सुरु गर्दै बाध्यतालाई टार्न सकिन्छ । जननी जन्मभूमि स्वोर्गदापी गरिएसि ;बिदेशमा गर्ने मेहनत स्वदेशमा गरौ आफ्नो सन्ततिलाई विदेशिने बाध्यताको अन्त्य गरौ ।