निशान भट्टराई र मेलिना राईको ‘म त संधै तिम्रै हुँ’ बोलको गीत सार्वजनिक

चर्चित गायक निशान भट्टराई र मेलिना राईको आवाजमा सजिएको ‘म त संधै तिम्रै हुँ’ बोलको गीत सार्वजनिक भएको छ । गीतलाई वरिष्ठ पत्रकार गोपाल प्रसाद थपलियाले शब्द भरेका छन भने संगीत एरेन्ज तथा कम्पोज रियाज शिवाकोटीले ।

रोमान्टिक यस गीतमा वरिष्ठ पत्रकार थपलियाकै छोरा मेलबर्न निवासी गौरव थपलिया र उषा उप्रेतीले अभिनय गरेका छन । गीतको छायाँकन चक्र बहादुर बरालले गरेका छन भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

रियाज शिवाकोटीको निर्देशनमा रहेको यस गीतलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका छन ।

गीतलाई गोपाल थपलियाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

नेपाल आइडलबाट नेपाली सांगितिक क्षेत्रमा चर्चित बनेका निशान भट्टराई र चर्चित गायिका मेलिना राई दुबैजना वुद्धको जन्मस्थल बिषयमा सिर्जित विस्वब्यापी समस्या निस्तेज गर्न कृयाशिल लुम्बिनी-कपिलवस्तु विस्व अभियानका सास्कृतिक दूत हुन ।