छड्के २ फ्ल्प भएपछि अनमोललाई संहालिन भन्दै राजबल्लभले लेखे यस्तो मर्मस्पर्शी स्टाटस

काठमाडौँ । निरन्तर सफल फिल्म दिँदै आएका अभिनेता अनमोल केसी यतिबेला भने फेल भएका छन् । छड्के २ का कारण नराम्रोसँग ठक्कर खाएका अनमोलले अबको यात्रा आफ्नो फरिकाले अघि बढ्ने बताइरहेका बेला उनलाई दुखमा साथ दिने अप्ठ्यारा दिनहरुमा धेरै सहयोगी मनहरुले हौसला दिएका छन् ।

यसैबिच आफ्नो फिल्म फ्ल्प भएपछि अनमोल केसीले सामाजिक सञ्जालमा आफ्नो विचार राख्दै आफू शून्यमा झरेको भावना बाँडे लगत्तै अनमोलको धेरैले प्रशंसा पनि गरेका छन् । अनमोलले आफ्ना प्रशंसकहरूसँग माफी समेत मागेका बेला अभिनेता राजवल्लभ कोइरालाले पनि अनमोललाई सम्बोधन गरेर भावुक सन्देश पोस्ट गरेका छन्।

राजबल्लभले इन्स्टाग्राममा अनमोलको प्रशंसा गर्दै उनको भनाइको पोस्टमै प्रतिक्रिया दिँदै सफलता अनि असफलता जीवनको भाग भएको भन्दै जुन विषय आफ्नो नियन्त्रणमा छैन त्यसमा हार र जीतको अर्थ नहुने उल्लेख गरेका छन्।

प्राय आफ्नो कमजोरी स्वीकारै नगर्ने कैयौँ चलचित्रकर्मीहरुको बानी भन्दा अनमोलको बानी कमजोरी स्विकार्न सक्ने कुराको प्रशंसा गर्दै एकाएक अमेरिका भासिएका अभिनेता राजवल्लभ कोइरालाले भनेका छन् यो उतारचढावले आगामी दिनमा बलियो बनेर फर्कन सक्ने भन्दै सुझाव दिएका छन् ।