बहिनी रोशनीसंगै हेलिकप्टर मार्फत रुकुम महोत्सवमा पुगे पल शाह

काठमाडौं – रुकुममा जारी एक महोत्सवमा आफ्नो प्रस्तुति दिन अभिनेता पल शाह हेलिकप्टर मार्फत रुकुम पुगेका छन् ।आयोजकले पलको लागि हेलिकप्टरको व्यवस्था गरेपछि उनी हेलिकप्टर मार्फत रुकुम महोत्सव पुगेका हुन् पलले महोत्सवमा आफ्नो प्रस्तुति दिने र त्यसपछि पुनः काठमाडौं फिर्ता हुने बताइएको छ।

पलको साथमा बहिनी रोशनी पनि संगै गएकी छिन् । आफ्नो जीवनमा घटेको एक घटनाका कारण जेल जीवन बिताइरहेका पलले केही हप्ता अघि मात्रै सफाई पाएका थिए।

जेलबाट मुक्त भएपछि उनको यो पहिलो कार्यक्रम हो। उनी कार्यक्रममा गएपछि उनका फ्यानहरु खुशी भएका छन् । लगत्तै पलले म्युजिक भिडियोमा व्यस्त छन् ।