‘राजीनामा माग्छन् भने सुँघाइ दिनुस् , बालेन जी’ – मेयर हर्क साम्पाङ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई ढाडस दिएका छन् ।

सामाजिक संजालमा स्टाटस लेख्दै मेयर साम्पाङले भात खान नपाएकाहरुलाई दुई चार पैसा दिनुस् तर देश लुट्न नपाएकाहरुले राजीनामा माग्छन् भने जावाफ दिन आग्रह गरेका हुन् ।

मेयर शाहले शनिबार फेसबुकमा स्टाटस लेख्दै केहीले राजीनामा दिन दबाब दिइरहेको बताएका थिए ।

उक्त स्टाटसपछि मेयर साम्पाङले भनेका छन्, ‘भात खान नपाएकाहरुलाई दुई चार पैसा दिनुस् । तर देश लुट्न नपाएकाहरुले राजीनामा माग्छन् भने सुँघाइ दिनुस् , बालेन जी।’