भ्लगर सिसन बानियाँसँग ब्रेकअप गरेकी पूर्वमिस नेपाल श्रृंखला सम्भवको प्रेममा छिन् ?

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहिया के प्रेम सम्बन्धमा छन् ?

भ्लगर सिसन बानियाँसँग लामो समय प्रेम सम्बन्धमा रहेकी शृखला जब अध्ययनका लागि विदेश उडिन् त्यसको केही समयमा नै यो जोडीबिच ब्रेकअप भएको चर्चा सामाजिक संजालमा चल्यो र सिसनले त्यसको पूष्टि पनि गर्दै पुरा यादहरु कथामा परिणत भएको भन्दै लामो स्टाटस नै लेखे । जब सिसन र शृखलाबिच ब्रेकअप भयो त्यसको लगत्तै शृखला र सम्भव नजिकिइसकेको चर्चा चलेको छ ।

शृखलाकी आमा मनु खतिवडाले टिकटकमा लगातार पोस्ट गरिरहेका भिडियोले श्रृंखला र सम्भवबीच निकटता देख्न सकिन्छ । यी दुईबीच केही महिनायता प्रेम सम्बन्ध रहेको गाइँगुइँ चलिरहेका बेला उनीहरु एकसाथ रहेको टिकटक भिडियोले प्रेममा रहेको चर्चा सत्य हो भन्ने कुरामा बल पुग्छ ।

यसैबिच सम्भवले पनि हालै इन्स्टाग्राममा एक तस्वीर सेयर गरेका छन् । जुन दृश्य श्रृंखलाले खिचेकी हुन् । शृखलाले खिचेको उक्त तस्विरमा झ्यालको सिसामा शृखला नै देखिएकी छिन् । तस्विरमा सम्भवले हार्वर्ड विश्वविद्यालयको क्याप लगाएका छन् । श्रृंखला अहिले हावर्ड युनिभर्सिटीमा अध्ययनरत समेत छिन् ।

हावर्ड उड्ने बेलामा पूर्व प्रेमी सिसनले विमानस्थलमा नै पुगेर उनलाई विदा गर्दै शुभकामना, शुभयात्रा पाण्डु भन्दै स्टाटस लखेर शृखलाको फोटो पोस्ट्याउन भ्याएका थिए ।