हृदयाघातका कारण तेलुगु अभिनेता तारक रत्नको निधन

एजेन्सी – तेलुगु फिल्म अभिनेता नन्दमुरी तारक रत्नको मृत्यु भएको छ । ख्यात फिल्म अभिनेता जुनियर एनटीआरका काकाका भाइ र आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एनटी रामा रावका नाति समेत रहेका रत्नको ३९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो ।

उनको असाहिक निधन भएपछि राजनीतिक जगत तथा सिने जगतका हस्तिहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । फिल्म अभिनेता अल्लु अर्जुनले ट्विटमा लेखेका छन्, ‘तारक रत्न गारु (आदरणीय)को निधनको खबरले मन दुखेको छ । चाँडै गए । उनको आत्माले शान्ति पाओस् ।’

त्यस्तै तेलुगु सुपरस्टार महेश बाबुले लेखेका छन्, ‘तारक रत्नको असामयिक निधनले स्तब्ध र गहिरो दुःखी छु । निकै छिटो गयौ भाइ।।। दुःखको यो घडीमा मेरो समवेदना र प्रार्थना उनको परिवार र प्रियजनसँग छ ।’