देउवालाई विश्वप्रकाशको प्रस्ताव- तपाईँ राष्ट्रपति बन्नुस्

सुर्खेत । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापति सेर बहादुर देउवालाई राष्ट्रपति बन्न आग्रह गरेको बताएका छन् । कर्णाली प्रदेशको सुर्खेत पुगेका महामन्त्री शर्माले कार्यकर्ताहरू साँझ पार्टी सभापतिलाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका हुन् ।

सात पटक प्रधानमन्त्री बन्ने ज्योतिषको भविष्यवाणी पूरा नहुने सम्भावना रहेको उनको भनाई छ । ‘मैले चाहिँ अब उमेर पनि पुग्यो, ज्योतिषीले भनेको सात पटक होला जस्तो पनि देखिएन । त्यसकारण आदरणीय सभापति ज्यू १ शीतल निवासले यहाँलाई पो खोजेजस्तो छ, भन्दा उहाँले भन्नुभयो- उदर.. उदर काम छैन,’ शर्माले भने, ‘तर मैले चाहिँ आदरणीय सभापति ज्यूले नै शीतल निवास जाने हो भने त्यो एउटा सम्मानित बिदाइ हुन्छ, भनेको छु।’

आफूले पार्टी संसदीय दलको निर्वाचनमा पनि युवालाई पालो दिन आग्रह गरेको महामन्त्री शर्माले दोहोर्‍याए । ‘मैले त छोड्नुस् संसदीय दलको नेतामै छोड्नुस् । अब हामी गगन लडाउँदै छौँ भन्दा त्यसबेला मान्नुभएन ।

आज सुर्खेतबाट अपिल गर्दा सम्भवतः उहाँलाई नै राष्ट्रपति बनाउने अवस्था आयो भने उहाँ जानुहुन्छ,’ उनले अगाडि भने, ‘अब सुर्खेतले कांग्रेसको उपसभापति मात्र होइन, पार्टीको कार्यवाहक सभापति पनि पाउँछ ।’