अभिनेत्री करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल प,क्राउ

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको चरित्र ह,त्या गरेको आ,रोपमा एक जनालाई प्रहरीले प,क्राउ गरेको छ । युट्यूवमा करिश्माको विषयमा अभिव्यक्ति दिँदै चरित्र ह,त्या गरेको अभियोगमा डिल्लीराम खनाल प,क्राउ परेका हुन् ।

केन्द्रीय साइबर ब्युरोले खनाललाई प,क्राउ गरेको हो । माघ अन्तिम साता मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन्। उनलाई काठमाडौँबाट प,क्राउ गरेर थप अनुसन्धान सुरु गरिएको ब्युरोका एसपी पशुपति रायले जानकारी दिए ।

काठमाडौं, ५ फागुन। कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा पाँच जना लिष्टिङमा परेका छन्। उक्त पदमा २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए। जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेको बैंकले जनाएको छ।

बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरुको शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायीक कार्ययोजनाको मूल्याङ्कन गरी वर्णानुक्रमअनुसार उक्त ५ उम्मेदवारहरु सर्ट लिष्टिङ्गमा छनौट भएका हुन्।

यसरी, सर्ट लिष्टिङमा पर्नेमा क्रमशः गोविन्द गुरुङ, प्रताप सुवेदी, यज्ञ प्रसाद न्यौपाने, बद्रि गुरागाईं र विष्णुदेव यादव रहेका छन्। उनीहरुको शनिबार अन्तर्वार्ता लिइने सूचनामा जनाइएको छ।