टिकटक लाइभ बसेर मात्र १२ लाख रुपैयाँ कमाएको एलिना चौहानको खुलासा

काठमाडौं – गायिका एलिना चौहानले आफ्नो पारिश्रमिक खुलासा गरेका छन्। गत शनिबार एक टिभीलाई अन्र्तवार्ता दिने क्रममा चौहानले आफ्नो पारिश्रमिक खुलासा गरेकी हुन्।

एउटा गीत गाएको १५ देखि २० हजारसम्म लिने गरेको भन्दै उनलेटिकटकबाट मात्र १२ लाख कमाएको खुलासा गरिन् । त्यसैगरी मेला महोत्सवमा गएको ५० हजारदेखि १ लाख रुपैयाँसम्म लिने गरेको उनले बताइन् ।

फरक प्रसङ्गमा उनले आफूले पैसा दिएर फ्यानलाई महोत्सवमा हर्कत गर्न नलाएको बताइन्। त्यस्तैउनले रवि लमाछिानेलाय को बारेमा बोल्दा ट्रोलको सिकार समेत बन्न पुगिन् । पछि यस बारेमा उनले स्पष्टिकरण नै दिएकी थिइन् । उनले गायिका समिक्षा अधिकारीको पनि राम्रो प्रशंसा गरिन् ।

कर्णालीका मुख्यमन्त्री शर्माले भने- समाजवाद कुन चरीको नाम हो ?

सुर्खेत। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले समाजवाद कुन चरीको नाम हो भन्दै प्रश्न गरेका छन् । उनले त्यो समाजवादको चरीलाई समातेर अघि बढ्नुपर्ने अहिलेको आवाश्यक रहेको बताए । शुक्रबार सुर्खेतको बलबुलेमा आयोजित कर्णाली उत्सवमा बोल्दै शर्माले भने– ‘समृद्ध कर्णाली निमार्णको लागि शिक्षा, स्वास्थ्य, रोजगार त्यसका लागि पूर्वाधार आवाश्यक छ।’

समाजवादको व्याख्या गर्नेहरुको कमी नरहेको बताउँदै शर्माले अहिलेको अवस्थामा कस्तो खालको समाजवाद आवाश्यक हो ? समस्याको समाधान कसरी गर्ने भन्ने कुरा मुख्य रहेको बताए। ‘कर्णालीका समस्या साधानको बहस निरन्तर गर्न जरुरी छ’, शर्माले भने, ‘नीति निर्माण र कार्यान्वयनमा अपनत्वलाई अगाडि बढाउन जरुरी छ ।’
कार्यान्वयन गर्न जनस्तरबाट सहयोग पुर्‍याउने कुरा महत्वपूर्ण रहेको शर्माको भनाइ छ

शर्माले कर्णाली बहसले समृद्ध कर्णाली निर्माणमा महत्वपूर्ण सहयोग अपेक्षा गर्दै उनले भने, ‘सबैले चाहेको समाजवाद भनेकै सुख र खुसी हो ।