पल शाहले पठाएको सन्देश कार्यक्रममा नै भनिदिएपछि फेरी विबादमा तानिए विशाल भण्डारी

काठमाडौं । फिल्म निर्देशक तथा लोकप्रिय टिभी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ का प्रस्तोता विशाल भण्डारी पछिल्लो दिनमा एकै साथ चर्चा र विबादमा आइरहेका छन् ।

बालेन शाहलाई भत्उकाने मात्रै होकी बनाउने पनी हो भनेर प्रश्न सोधेपछि राष्ट्रिय भाईको उपनाम पाएका विशललाई अहिले ट्वीटर केन्द्रित केही महिलावादीहरुले खेदीरहेका छन् । लोकप्रिय टिभी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा अभिनेता पल शाहको नाम लिइएपछि उनी ति महिलावादीहरुको नजरमा तारो बनेका हुन् ।

ट्वीटर केन्द्रित केही महिलावादीले आक्रोशित हुँदै विशाल र शोकी अध्यक्ष दीपाश्री निरौलालाई लक्षीत गर्दै भनेका छन् महिला हिंसाका अभियुक्तप्रति सम्मान भाव देखाएकोमा आपत्ति छ ।

सोमबार प्रसारित पछिल्लो एपिसोडमा भण्डारीले पल शाहको प्रसंग निकालेका थिए । हालै पल शाहलाई जेलमा भेटेर आएका कमेडी च्याम्पियनको दोस्रो सिजनका विजेता भरतमणि ल्याएको सन्देश उनले दर्शकलाई सुनाएका थिए । ‘भरतमणीजी पल शाहलाई भेट्न जानुभएको थियो ।

त्यहाँ पलले जेलभित्र आफूहरु समूहमा बसेर हरेक हप्ता कमेडी क्लव विथ च्याम्पियन हेर्ने गरेको उहाँलाई बताउनुभएछ । एक हप्ता कुरेर हामी यो कार्यक्रम हेर्छौं, तपाईंहरु सबैलाई माया छ भन्ने सन्देश पठाउनुभएको छ,’ खुशी हुँदै भण्डारीले सुनाएका थिए ।

निर्देशक भण्डारीले यसो भनेपछि ति नारीवादीहरुले न्, ‘यौन दुराचारीको प्रशंसा गरी खुलेर नाम लिँदा ताली बजाउने दिपाका हात तिर आँखा गयो । यस्तो अभिव्यक्तिलाई समर्थन गर्ने तपाईंहरु सबैलाई धिक्कार छ ।’

यो विषयले सामाजिक संजाल र मिडियामा समेत बाक्लो स्थान पाउन थालेपछि भण्डारीले यस विषयमा प्रष्टीकरण पनि दिएका छन् । कार्यक्रममा आफूले पल शाहको प्रशंसा नगरेको बताए । उनले भने हामीले ‘तारिफ होइन, पलले जेलबाट हामीलाई पठाएको सन्देश भनेका हौं ।