जेरी र शंकर फेरि एक हुन लागेको हो ? जेरीले फेसबुकमा लेखिन् यस्तो

काठमाडौं / लोकदोहोरी गायिका बबिता बानिय जेरी र शंकर अलग भएको डेढ महिना भयो । कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा जेरी र शंकर क्षेत्रीबीच कानुनीरुपमै सम्बन्ध विच्छेद गरेका छन् ।

बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमतिमा अलग भएको डेढ महिनापछि जेरीले फेसबुकमा पूर्वपतिसँगको तस्वीर सेयर गर्दै शंकर र छोरकिो तस्विर पोस्ट गरेकी छन् ।तीतै भए पनि अतीत र सत्य नकार्न सकिंदो रहेनछ भन्ने स्टाटस लेखेर जेरीले पूर्व पति शंकर र बच्चासँगको तस्विर सेयर गरेकी हुन् । तस्विरमा विभिन्न खालका प्रतिकृया आइरहेका छन् ।

केहीले सम्बन्ध सकिंदैमा सद्भाव सकिनुपर्छ भन्ने छैन भनेर लेखेका छन् ।केहीले माया दोहोरो भएको भए यो दिन आउने थिएन भनेर लेखेका छन् ।कतिपयले पुनः जोडिन सुझाएका छन् । श्रीमानको विवाहेत्तर सम्बन्ध पनि खटपटको प्रमुख कारण रहेको जेरीले अलग भएपछिको एक अन्र्तवार्तामा उल्लखे गरेकी थिइन् ।