जलेर गम्भीर घाइते भएका भण्डारीले किन गरे भारत जान अस्वीकार ? यस्तो छन् कारण

काठमाडौं -जलेर गम्भीर घाइते भएका प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले उपचारका लागि भारत जान अस्वीकार गरेका छन् । अस्पतालले थप उपचारका लागि भारत लैजानुपर्ने बताएपछि उनले नेपालमा नै उपचार गर्न आग्रह गर्दै भारत जना आग्रह गरेका हुन् ।

उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई भण्डारीले आफूलाई नेपालमै उपचार गर्न आग्रह गरेका थिए । आज उनले अस्विकार गरेपनि २ बजे हीबार दिउँसो २ बजे श्री एयरलाइन्सको विमानबाट उनलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लैजान लागेको हो ।

कीर्तिपुर अस्पतालले आज बिहान विज्ञप्ति जारी गरी सांसद भण्डारीको श्वासनलीमा तातो हावा र धुँवाको कारण जलन भएको हुन सक्ने अत्यधिक सम्भावना रहेकाले देशबाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा छिटो लगेर उपचार गराउन आवश्यक रहेको जनाएको थियो ।

यथोचित उपचार नेपालमा सहज नहुने देखिएको अस्पतालका मेडिकल डाइरेक्टर डा। निजिना ताम्राकार र डा। किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै बताउका थिए ।