युबराजलाई लातै लातले हान्छु भन्दै जंगिइन शर्मिला युबराज सफलको पनि नागरिकता छानबिन हुनु पर्छ

सौन्दर्यीकरणको काम थालिएको हो

नख्खुखोला करिडोरको ठेक्का पनि कालिका–टुन्दी–कुमार जेभीले लिएको हो । १ अर्ब ५ करोड रुपैयाँको उक्त ठेक्कामा भौतिक प्रगति ७६ प्रतिशत मात्र छ । मुआब्जाको समस्या भएकाले ठेकेदारले आगामी असार मसान्तसम्मको समय मागेको थियो, मागेअनुसारकै समय दिइएको छ । ‘खरिद नियमावली १२ औं संशोधनअनुसार कोभिडले काम गर्न नपाएको अवधिको समय भन्दै ०८० असारसम्म म्याद दिइएको हो,’ आयोजनाका एक कर्मचारीले भने, ‘यसको काम सुरुमा ठेक्का सम्झौता भएको मितिले ३० महिनाभित्र सक्नुपर्ने थियो ।’ सुरु ठेक्का ०७५ जेठ ३० मा भएको थियो

वाग्मती सौन्दर्यीकरणअन्तर्गत नै कालिकाले एकल रूपमा ठेक्का लिएको हनुमन्ते करिडोरको काममा भौतिक प्रगति ९२ प्रतिशत छ । ठेक्का रकम ५४ करोड रुपैयाँ रहेकामा ४९ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । ०७६ भदौमा भएको ठेक्काअनुसार ०७८ फागुनभित्र काम सकिसक्नुपर्ने थियो । काम नसकिएपछि म्याद थप गरेर ०७९ जेठ २९ सम्म पुर्‍याइएको थियो ।

‘त्यतिमा पनि काम नसकिएपछि ठेकेदारकै आग्रहमा ०७९ फागुन २५ सम्म म्याद दिइएको हो,’ आयोजनाका एक कर्मचारीले भने । उक्त करिडोरको दूरी बालकोट पुलबाट च्यासल पुलसम्म ३.८ किमि छ । त्यसमध्ये ३.२ किमिमा काम भइसकेको छ । ८ सय मिटरमा सुकुम्बासी बस्ती, मन्दिर, पुल निर्माण नभएका कारण काम हुन नसकेको आयोजनाको भनाइ छ ।