भारतबाट नेपाल आउँदै गरेको बस दुर्घटना, थुप्रै नेपालीको मृत्यु !

भारतबाट नेपाल आउँदै गरेको बस दु’ र्घटना हुँदा चार जनाको मृ’ त्यु भएको छ ।मृ’ त्यु हुनेमा तीन जना कैलालीका र एकजना भारतीय चालक रहेका छन् ।कैलालीको टीकापुर ज्योतिनगरका ४० वर्षीय ललित साउँद व्यवसाय क्षेत्र बस्ने वर्ष ४५ का चन्द्र साउँद रहेका छन् ।

भारतबाट नेपाल आउँदै गरेको बस दु’ र्घटना, थुप्रै नेपालीको मृ’ त्यु
भारतबाट नेपाल आउँदै गरेको बस दु’ र्घटना हुँदा चार जनाको मृ’ त्यु भएको छ ।मृ’ त्यु हुनेमा तीन जना कैलालीका र एकजना भारतीय चालक रहेका छन् ।कैलालीको टीकापुर ज्योतिनगरका ४० वर्षीय ललित साउँद व्यवसाय क्षेत्र बस्ने वर्ष ४५ का चन्द्र साउँद रहेका छन् ।

अन्य दुईजनाको सनाखत हुन कसको छैन ।शनिवार राति १२ बजे भारतको लखनउबा १४ किलोमिटर नेपालतर्फ यूपी उन्नाउ भन्ने स्थानमा बस दु’ र्घटना भएको हो ।दु’ र्घटनामा ठूलो संख्यामा यात्रुको हताहत भएको आशंका गरिएको छ । सुदूरपश्चिमका स्थानीय बसमा नेपाल आउने गर्दछन् ।

बाइस वर्षदेखि सशस्त्र प्रहरी अस्थायी संरचनामा
–तोलाकान्त बगाले/वालिङ, २८ माघ । बाइस वर्षअघि निर्माण भएका अस्थायी संरचना । त्यहाँ निर्माण गरिएका बङ्कर । तिनै चुहिने टिनको छाना तथा जमिनभित्र निर्माण भएका बङ्करमा बस्दैआएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी ।

पानी परेका बेला चुहिएर कुलेसो काटेर तर्काएर निरन्तर जनताको सुरक्षाका लागि खटिँदै आएको छ सशस्त्र प्रहरी बल नेपाल ३० नं गुल्म वालिङ । जिल्ला सदरमुकामदेखि झन्डै २७ किलोमिटर टाढा रहेको जिल्लाकै ठूलो व्यापारिक केन्द्रका रुपमा उदाएको वालिङ बजारमा २०५८ सालमा अस्थायी क्याम्प खडा गरी सुरक्षा दिँदै आएको छ सशस्त्र प्रहरी बलले ।

राज्य पक्ष र तत्कालीन विद्रोही माओवादीबीच द्वन्द्वको अवस्थामा स्याङ्जाका विभिन्न भेगमा शान्तिसुरक्षा प्रदान गर्ने उद्देश्यसहित वालिङमा क्याम्प स्थापना भएको थियो । हालको वालिङ–९ भुम्रेमा अस्थायीरुपमा बसेको क्याम्प २०५८ माघ १० गते सुरक्षाका दृष्टिले वालिङ–८ घ्याङलिङमा सरेको थियो ।

उक्त जग्गा पूर्णामृत भवानी माविका नाममा छ । सशस्त्र प्रहरी तालिम बेस क्याम्पका रुपमा वालिङमा स्थापना भएको यो कार्यालयले २०७५ सालमा सशस्त्र प्रहरी ३० नं गुल्मका रुपमा स्थायित्व प्राप्त ग¥यो । कार्यालय स्थायी त भयो तर कार्यालय कुन ठाउँमा स्थापना गर्ने भन्ने जग्गाको अन्योलता आजसम्म पनि कायमै छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा एक सय ६० जनाको दरबन्दी यहाँ छ । कार्यालयले स्थायित्व पाए पनि जग्गा कार्यालयको नाममा उपलब्ध नभएकाले स्थायी संरचना निर्माण गर्न नसकिएको गुल्मपति राजनलाल श्रेष्ठ बताउनुहुन्छ ।

यस गुल्मलाई हालकै स्थानमा राख्ने वा विकल्प खोजेर अन्यत्र स्थानान्तरण गर्ने भन्ने विषयमा पटक पटक छलफल भए पनि हालसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन । विद्यालय व्यवस्थापन समितिले अहिलेसम्म उक्त जग्गा गुल्मलाई दिने निर्णय नगरेको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले बताउनुभयो ।

हाल गुल्म रहेको घ्याङलिङमै स्थायी संरचना निर्माण गर्ने जग्गा दिने निर्णय वालिङ नगर कार्यपालिकाले २०७५ सालमा गरेको थियो । नगरपालिकाले निर्णय गरेता पनि विद्यालयले उक्त निर्णयलाई अस्वीकृत गर्दै एक हजार ५० जनाको हस्ताक्षरसमेत गरेको थियो । वालिङमै भएको विषयसँग मिल्दोजुल्दो विषयमा सर्वोच्च अदालतले विद्यालयको स्वामित्वमा रहेको कुनै पनि सम्पत्ति विशुद्ध शैक्षिक क्षेत्रबाहेक अन्यमा प्रयोजन गर्न नपाइने निर्णय गरेकाले पनि उक्त जग्गा गुल्मका नाममा दिने निर्णय गर्न नसकिने प्रधानाध्यापक अर्यालको जिकिर छ ।