भरतपुरमा बैंकका एक गार्ड झुण्डिएको अवस्थामा मृत फेला

चितवन । चितवनको भरतपुरमा बैंकका एक गार्ड झुण्डिएको अवस्थामा मृत फेला परेका छन । भरतपुर ५ विकास चोकमा रहेको कामना सेवा विकास बैंकका गार्ड अन्दाजी ४८/५० वर्षीय मिलन पण्डित क्षेत्री बैंकको ट्वाइलेटमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय गितानगरले जनाएको छ ।

आईतबार बिहान करिब ९: ३० बजे ट्वाइलेटमा डोरीले पासो लगाएको अवस्थामा बैंकका कर्मचारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । क्षेत्री माडीको खरकट्ट भन्ने ठाउँमा घर भई हाल भरतपुर ७ गिरीचोक डेरामा बस्दै आएका थिए ।

घटनाको थप अनुसन्धान भईरहेको इलाका प्रहरी गितानगरले जनाएको छ ।