अभिनेत्री जल शाह र मेयर बालेनबीच भेटवार्ता, छोरी कलशले सोधिन काठमाडौंमा राति मात्र किन मापसे जाँच हुन्छ

अभिनेत्री जल शाह र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटघाट भएको छ । पति शरद रिमाल र छोरी कलशलाई लिएर जल मेयरको कार्यालयमा पुगेकी थिइन् । उनीहरुले करिब ४५ मिनेट कुराकानी गरे ।

आफूलाई ह्याण्डसम लाग्ने भन्दै जलले मेयर बालेनको प्रशंसा गरिन् । मिडियामा देखेको भन्दा ह्याण्डसम लागेको भन्दै उनले प्रशंसामा शब्द खर्चिइन् ।

बालेन पनि जलको प्रशंसामा मख्ख परे । आफू जलको फ्यान भएको भन्दै उनका फिल्महरु नबिराई हेर्ने गरेको अनुभव बालेनले सुनाए ।

पूजा चन्द र जलका फिल्म त्यतिबेला आफूलाई खुबै मनपर्ने बालेनको भनाइ थियो । अनि बालेनले अमेरिकामा मेयरको सिस्टम कस्तो छ भन्दै जलका पति शरदलाई जिज्ञासा राखेका थिए । छोरी कलशले काठमाडौंमा राति मात्र किन मापसे जाँच हुन्छ भन्दै बालेनलाई प्रश्न गरेकी थिइन् ।