सफल भयाे सचिनको टाउकाको अपरेशन, अब चाडै घर फर्कने तयारीमा !

बालगायक सचिन परियार केहि समय पहिले स्वस्थमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्यमा जटिल समस्या देखिएपछि भाइरल बालगायक परियार महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा भर्ना भएका थिए ।

आज दिउसो सचिनको अपरेशन सफल भएको छ । सचिन छिट्टै के छ हजुर भन्दै स्कुल पढ्न जानेछन । अचानक हात गोडा चल्न छाडेपछि उनलाई टिचिङ अस्पतालको आइसीयूमा राखेर उपचार भएपछि केहि ठिक भएका उनको आज दिउसो टाउकाको सफल अपरेशन भएको हो ।

के भएको थियो उनलाई ?
काठमाडौंको एउटा निजी स्कुलमा बसेर पढिरहेका सचिन अस्वस्थ भएपछि अस्पताल लगिएको थियो । उनको रोग राम्ररी निदान भइसकेको छैन । चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको थियो । उनलाई सास फेर्न कठिनाइ भइरहेको थियो भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका थिएनन् ।

उनको टाउकामा पनि समस्या देखिएको थियो । साथै सचिनलाई पहिले पनि पिशाब चुहिने समस्या पनि थियो । उनको पिशाब नियन्त्रण हुन नसक्नेको चिकित्सकले बताएका थिए । उनी पहिलेदेखि अत्यधिक पानी पिउने गर्थे । शारीरिकरुपमा कमजोर रहेका उनी अप्ठेरोसँग हिँड्थे ।

उमेरले १२ वर्ष पुगिसके पनि उनी ५–६ वर्षका जस्तै देखिन्छन् । तर, बोलीचालीमा भने चतुर छन् । उनको अनौठो व्यवहार र बोलिचालीलाई दर्शकले मन पराए । भाइरल भएको बेला धेरै युट्युवरहरु उनको पछिपछि कुदेका थिए । उनलाई भद्रकाली शिक्षा सदनले निशुल्क पढाइरहेको छ ।

स्कुलका शिक्षकहरुका अनुसार सचिन अघिल्लो दिन पिकनिक गएका थिए र सामान्य अवस्थामा देखिएका थिए । भोलिपल्टबाट उनलाई हिँडडुल गर्न र उभिन कठिनाइ भएको उनीहरुको भनाइ छ । अस्पतालमा ल्याएर इर्मेन्जेन्सीमा चेकअप गरिएपछि चिकित्सकले आइसीयूमा पठाएका थिए । अहिले भने केहि ठिक भएपछि उनको टाउकाको अपरेशन गरिएको हो ।