पाल्पामा श्रीमतीले आफ्नै श्रीमानलाई चक्कु प्रहार

ल्पामा श्रीमतीले आफ्नै श्रीमानलाई चक्कु प्रहार गरेकी छन् ।
घराएसि कारणले ३० वर्षीय श्रीमान शेरजंग थापा माथि आफ्नै श्रीमती प्रियंका थापाले पेटमा धारिलो चक्कु प्रहार गरेकी हुन् । धारिलो चक्कु प्रहार गरेको आरोपमा तानसेन नगरपालिका ७ बस्ने प्रियंका थापालाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमानसँगको पटक पटकको विवादले उग्र रुप लिएपछि ज्यान मार्ने उदेश्यले प्रियंकाले चक्कु प्रहार गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
धारिलो चक्कु प्रहार गरेको आरोपमा प्रियंकालाई प्रहरीले नियन्त्रणमा लिई घटना बारे अनुसन्धान गरिरहेको पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले बताए ।