नेपाल आईडलको टप १२ मा पुगेकी बेनिषा पौडेल धरधरी रुदै मिडियामा । परिवारमा यति धेरै पिडा, घर लिलाम भो (भिडियो हेर्नुस)

निकै नैसुमधुर स्वरकी धनी बेनिषा पौडेल दुख पोख्दै मिडियामा आईन् । बिगत २ बर्षदेखि सँगीत क्षेत्रमा रहेकी बेनिषा सँगीत क्षेत्रमा सोचे जस्तो सफलता नपाउँदा धेरै दुखी छिन् । साथै परिवारको तनाव ठुलो छ ।

सानै उमेरदेखि परिवारको उतार चढाव देखेकी बेनिषाले नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग कुरा गर्दै भित्री पिडा पोखिन् । बेनिषाले आफ्नो परिवारलाई ऋण लागेर बै.कले घर नै लिलाम गरेकोबताईन् । साथै आफुलाई धेरैले गीत दिन्छु भन्दै झुलाएको बताउँदै बेनिषा धुरुधुरु रोईन् ।

पछिल्लो समय नेपाल आइृडलको टप १२ मा पुगेकी बेनिषाले आइृडलमा पनि आफ्नो आवाजले धेरैलाई प्रभावित पारिसकेकी छिन् । हुन त बेनिषाले दर्जनौ गीत रेकर्ड गरिसकेकी छिन् ।

चल्तीका गायिकाहरु जस्तो चर्चामा नरहेपनि उनका गीतहरुले दर्शकहरुको माया पाईरहेकै छन् । लाखौं दर्शकहरुले युटुबमा उनका गीतहरु हेरेका छन् । तर उनी स्टेज कार्यक्रमहरुमा त्यति व्यस्त देखिन्नन् ।

शिशिर भण्डारीसँगको कुरामा बेनिषाले आफुले पहिलो गीत रेकर्ड गर्दा आमाको गहना बेचेको खुलाईन् । उक्त गीत असफल हुँदा आमाको गहना फिर्ता ल्याउन नसकेको उनले बताईरहँदा उनका आँखाबाट आँशु झरे ।

साथै आफ्नो परिवार यतिबेला निकै ठुलो सँकटमा गुज्रिरहेको उनले बताईन् । परिवारमा ऋण लाग्दा घर लिलाम भएको कुरा सुनाउँदा बेनिषाको आँखा रसाए । धरधरी रुदै उनले आफ्नो कथा यसरी सुनाईन, भिडियो हेर्नुस