साउदी अरबले रोनाल्डोलाई यो ‘अपराध’को लागि माफी देला ? सजाय दिन्छ कि झुक्छ ?

काठमाडौं ।

फुटबल स्टार तथा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले हालै साउदी अरेबियाको फुटबल क्लब अल–नासर एफसीसँग अनुबन्ध गरेका छन् । रिपोर्टका अनुसार रोनाल्डोले यो सम्झौता ७५ मिलियन डलरमा गरेका हुन् ।*
देशमा फुटबलको बढ्दो लोकप्रियता र भिजन २०३० लाई हेरेर साउदी फुटबल क्लब अल–नासर एफसीले यति ठूलो रकम खर्च गरेर रोनाल्डोलाई अनुबन्ध गरेको हो । तर अल-नासर एफसीको लागि यो जुवा समस्या पनि बन्न सक्छ । किनभने रोनाल्डो र उनको पार्टनर जर्जिना रोड्रिग्वेज सँगै बस्छन् तर विवाहित छैनन्।

साउदी कानून अनुसार विवाह नगरी आफ्नो पार्टनरसँग एउटै घरमा बस्नु गैरकानुनी हो । क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेज लामो समयदेखि सँगै बस्दै आएका छन् । रिपोर्टहरू विश्वास गर्ने हो भने, रोनाल्डो र रोड्रिग्वेज साउदी अरेबियामा कानून तोड्न र सँगै बस्न तयार छन्। तर, कानुन उल्लङ्घन गरेकोमा साउदी अधिकारीहरूले उनलाई सजाय दिने सम्भावना छैन।

३७ वर्षीय रोनाल्डो अल-नासरमा अनुबन्ध हुनुअघि युरोपेली फुटबल क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्थे। तर फिफा विश्वकपअघि चर्को बहसपछि रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँगको सम्झौता तोडेका थिए । स्पेनिस समाचार एजेन्सी ईएफईका अनुसार फुटबल स्टार रोनाल्डोलाई विश्वकै महँगा खेलाडीको सूचीमा परेको कारण सजाय हुने सम्भावना कम छ ।

दुई फरक साउदी वकिललाई उद्धृत गर्दै कानुन व्यवसायीहरूले रोनाल्डोको मुद्दामा सम्बन्धित अधिकारीहरू संलग्न नहुने आशा व्यक्त गरेका छन्। साउदीका एक वकिलले भनेका छन्, ‘विवाहविना सँगै बस्नु कानुनअनुसार अपराध हो । तर अधिकारीहरूले अहिले यस्ता घटनामा नरम रुख अपनाएका छन् र कसैलाई दण्ड दिनदेखि टाढै छन् । तर यदि त्यहाँ कुनै अपराध छ भने, त्यस्ता कानूनहरू अवश्य प्रयोग गरिन्छ।’

यसै क्रममा अर्का एक वकिलले साउदीको कानुनले विवाह बिना सँगै बस्न निषेध गरेको बताए । तर साउदी अरेबियाका अधिकारीहरूले विदेशीको मामिलामा हस्तक्षेप गर्दैनन्। देशमा लिभ इन गैरकानुनी भए पनि पछिल्लो समय सरकारले यस विषयमा नरम आलोचना गरेको नागरिक कानुनका विज्ञले बताए । उनका अनुसार विदेशी नागरिकको मामलामा अधिकारीहरूले हस्तक्षेप गर्दैनन्।

केही वर्षअघिसम्म साउदी अरेबिया जस्तो इस्लामिक देशमा यसरी बस्न सोच्नु पनि अपराध थियो । साउदी अरबमा इस्लामिक कानून कडाईका साथ लागू गरिएको छ। तर २०१७ मा मोहम्मद बिन सलमान युवराज बनेदेखि साउदी अरेबियाले नागरिक अधिकार, विशेष गरी महिला अधिकारका सन्दर्भमा धेरै प्रगति गरेको छ।

नाम न छाप्ने सर्तमा समाचार एजेन्सी इएफईसँग कुरा गर्दै दुई जना वकिलले साउदी राजा सलमानले खेलकुद र पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि विदेशी नागरिकलाई यस्तो छुट दिन सक्ने बताए । तर, साउदीका नागरिकलाई सोही स्वतन्त्रता दिइएको छैन।

साउदी अरेबियाका जोडीले होटेलमा कोठा पाउन अघि विवाह गरेको प्रमाणित गर्नुपर्ने हुन्छ । साउदी कमिसन फर टुरिजम एण्ड हेरिटेजको विज्ञप्ति अनुसार साउदी नागरिकलाई होटलमा चेक इन गर्नुअघि पारिवारिक परिचयपत्र वा सम्बन्धको प्रमाण देखाउन भनिएको छ।