नेपालकै भाइरल मुस्लिम गायक अलिफ खानको आवाजमा दोस्रो गित ‘झुम्के बुलाकी’ सार्बजनिक (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा भाइरल मुस्लिम गायक अलिफ खानको आवाजमा दोस्रो गित झुम्के बुलाकी सार्बजनिक भएको छ |

यसै क्रममा गायिका सुमित्रा कोइराला र अहिलेका चर्चित गायक अलिफ खानको आवाजमा नयाँ गित “झुम्के बुलाकी” बोलको गीत सार्वजनिक गरिएको छ।

यस गितको शब्द र संगीत भने गायिका सुमित्रा कोइराला कै रहेको छ। गितको एरेन्ज भने कृष्ण वि.क (भान्जा) ले गरेका हुन । प्रिजमा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गित कमल थापाले रेकर्ड गरेका छन्।श्याम श्वेत रसैलीको मिक्सिङ छ भने मेकअप आर्टिस्ट सपना लम्साल हुन् ।

काजी श्रेष्ठले निर्देशन गरेको यो भिडियोमा छायांकन अजय रेग्मी को रहेको छ।दिपक बिष्टले यस गितलाई ईडिट गरेका छन् भने रक कुसलको फोटोग्राफी रहेको छ।

पछिल्लो समयमा निकै रूचाइएका चर्चित मोडल सुधिर श्रेष्ठ र चौतर्फी रूचाइएकी ब्यस्त मोडल अन्जली अधिकारी को अभिनय यस म्युजिक भिडियोमा मोडलिङ गरेको देख्न सकिन्छ।

यस गितले सफलता हासिल गर्न सफल रहोस् भन्दै सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट शुभकामना व्यक्त गर्दछौं।