‘सिजन ४’को लागि पुर्वाञ्चल गट ट्यालेन्ट आवेदन फाराम खुल्ला

धनकुटा । टिन्ज कृउ डान्स सेन्टर धनकुटाको आयोजनामा हुन गइ रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को लागि फाराम खुल्ला भएको छ ।

प्रदेश न १ का सबै जिल्लामा संचालन हुने यो प्रतियोगिता बैशाख २ गते बाट इलाममा पहिलो अडिसन भएर सुरु हुने भएको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिनु भयो । इलामबाट सुरु हुने कार्यक्रम बैशाख २५ गते धनकुटामा अडिसन गर्दै समापन हुने छ ।

यस प्रतियोगिताको निर्णयकहरुमा बरिष्ठ एवम् चर्चित गायक प्रमोद खरेल,बुद्धिलिम्बु,बिनु शाक्य र सुमन योगी रहनु भएको छ । यस प्रतियोगितामा उत्कृष्ट हुनेले स्कुटर प्राप्त गर्नु हुने साथै दुबै विधाका प्रथम हुने प्रतियोगिहरुको ५ लाख बराबरको जीवन विमा समेत गरिने प्रतियोगिता संयोजक योगीले जानकारी दिनु भयो ।

प्रतियोगिताको प्रायोजक प्राइम लाइफ इन्सुरेन्स धनकुटा रहेको छ भने मिडिया पार्टनर धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया धनकुटा खबर डटकम रहेको छ ।

अडिसन बैशाख २ गते इलाम, बैशाख ४ गते झापा, बैशाख ६ गते उदयपुर, बैशाख ८ गते इटहरी, बैशाख ९ गते विराटनगर, बैशाख ११ गते तेह्रथुम, बैशाख ११ गते ताप्लेजुग, बैशाख १२ गते बसन्तपुर, बैशाख १४ गते संखुवासभा, बैशाख १५ गते चैनपुर, बैशाख १६ गते खोटाग २० गते ओखलढुगा र बैशाख २५ गते धनकुटामा अडिसन हुने भएको छ ।