झापामा श्रीमती अर्कैसँग लागेपछि युवक र श्रीमतीलाई,गयो श्रीमतीको ज्यान , सोझा र इमान्दार श्रीमानले किन यस्तो गरे ? (भिडियो सहित)

झापा । झापाको कमल गाउँपालिकामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

आइतबार साँझ करिव साढे ५ बजेको समयमा दमक नगरपालिका १ बस्ने ४७ वर्षीय श्रीमान चुडामणी भण्डारीले ३९ वर्षीया श्रीमती टिकादेवी पौडेलको हत्या गरेको प्रहरीले जनाएको छ।

श्रीमती टिका र दमक नगरपालिका २ बस्ने ३५ वर्षका प्रकाशचन्द दाहाल खेतमा धान उठाउन गएको बेला उनको श्रीमानलाई शंका लागि दुवै जनालाई खुकुरी प्रहार गरेका थिए।

जसबाट श्रीमतीको घटनास्थलमा मृत्यु भएको थियो। टिकामायाको हत्यापछि प्रकाशचन्दलाई समेत खुकुरी प्रहार गरि घाइते बनाएको र उनलाई उपचारको लागि एडभान्स अस्पताल दमक पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राकेश थापाले बताए।

खुकुरी प्रहार गर्ने भण्डारीलाई इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तत्कालै नियन्त्रणमा लिएको थियो।

आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीको लागि उनलाई इप्रका दमकमा राखिएको प्रवक्ता थापाले जानकारी दिएका छन्।

इप्रका दमकका प्रमुख बिजयराज पंण्डितका अनुसार दमकका चुणामणि भण्डारीले श्रीमति टिकामाया अर्कैसँग लागेको आरोपमा हत्या गरेको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ।