सडकमा जिवन बिताएकी सपनालाई सडकले नै समाजसेवामा आउन प्रेरित गर्यो, सय भन्दा बढि जलाईन बेबारिसे शव (भिडियो)

काठमाडौं । म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती समाचार प्रसारण संस्था बीबीसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएपछि उनको चर्चा एकाएक चुलिएको छ।
सपना पछिल्लो समय पशुपतिमा बेवारिसे शव जलाउने काम गर्थिन्। बीबीसीले मंगलबार सार्वजनिक गरेको सूचीमा उनको नाम विश्वको प्रभावशाली महिलामा समावेश भएको थियो।

परिचय नखुलेका बेवारिसे शवको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उनको भनाई छ। हालसम्म उनले सयभन्दा बढी बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छन्। उनी शवलाई हिन्दु परम्पराअनुसार आफै दागबत्ती दिएर अन्तिम संस्कार गर्छिन् ।
कुनै बेला सडकको खुला आकाशमुनि जीवन बिताएकी सपना सडकले नै समाजसेवामा आउन प्रेरित गरेको बताउँछिन्।

उनि भन्छिन्, छोटो समय भएपनि सडकमा जीवन बिताएको मान्छे भएको हुनाले सडक जीवनको पिडा थाहा छ। सडक जीवनका दुःखले मानिसको भोगाइले मलाई समाजसेवामा आउने प्रेरणा मिल्यो। काठमाडौंमा विनयजंग बस्नेतसँग भेट भयो। म उहाँलाई बुवा मान्छु। उहाँ वेवारिसे शवहरू दाहसंस्कार गर्नुहुन्छ। म उहाँबाट समाजसेवामा आउन प्रेरित भए।

उनले यहाँसम्म आउदा धेरै दुख पाएको र आफ्नो सपनाहरु पुरा हुँदै गएकोमा खुशी व्यक्त गरिन् ।
बाँकी कुरा भिडियोमा