राजा आउ भन्दै पोखरामा लाखौ मानिस सडकमा, कोरोनापछि यति धेरै मान्छे पहिलोपटक (भिडियो सहित)

गणतन्त्रले देश नै बेच्न लागेको भन्दै हजारौं युवाहरु बुधबार पोखरामा ‘राजतन्त्र जिन्दावाद’ को नारा लगाउँदै सडकमा निस्किएका छन् । अब राष्ट्र र राष्ट्रियता जोगाउन देशमा राजसंस्था आवश्यक रहेको भन्दै युवाहरु सडकमा उत्रिएका हुन् ।

हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै कोरोनाको कहरमा आफ्नो ज्यानको प्रवाह नगरी हजारौं युवाहरु सडकमा उत्रिएका थिए । उक्त अवसरमा ‘राजा लेराऔं देश बचाऔं’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘अखण्ड नेपाल जिन्दावाद’, ‘गणतन्त्र मुर्दावाद’ लगायतका नारा लगाएका थिए । र्यालीमा सहभागी प्रत्येक सवारी साधनमा नेपालको राष्ट्रिय झण्डा, पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल शाहको तस्वीर टाँसिएका थिए । । कोरोना पछि पहिलोपटक यति धेरै मानिसहरु सडकमा आएका हुन् ।

हेर्नुहोस् यो भिडियो ।