सामुहिक रूपमा १७ वर्षीया बालिकालाई बला,’त्कार गर्ने अभियुक्तहरू मध्ये फरार रहेका अभियुक्त समेत पक्राउ

मिति २०७७/०६/१६ गते विहान अन्दाजी ११:०० बजेको समयमा काठमाण्डौको रत्नपार्क स्थितमा पानीमा लठ्याउने औषधी मिसाई खान दिई परिवर्तित नाम भक्तपुर जगाती २७ (H), १७ बर्षकी बालिकालाई रत्नपार्कबाट भक्तपुर सम्म बसमा चढाएर ल्याई २०७७/०६/१७ गते विहान अन्दाजी १०:०० बजेको समय सम्म भक्तपुर जिल्ला सुर्यविनायक स्थितमा नम्बर नखुलेको बस भित्र जवरजस्ती करणी भएको र उक्त जवरजस्ती करणीमा संलग्न व्यक्ति फरार रहेको ।

साथै ऐ.मितिको ११:०० बजेदेखी रातको २१:३० बजेको समय सम्म भक्तपुर जिल्ला चाँगुनारायण न.पा. वडा नं. ८ लिवाली स्थित रहेको तवियाखुशी खोलाको किनारमा पार्किङ गरी राखेको बा. ३ ख. २६१२ नं. को बस भित्र २ जना व्यक्तिहरुले निज बालिकालाई पुन: पटक पटक जवरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. १० बस्ने बर्ष २२ को निर कुमार खड्का र ऐ. जुगल गा.पा. ४ पाङताङ बस्ने बर्ष २१ को सुर्य श्रेष्ठलाई नियन्त्रणमा लिई मिति २०७७/०६/१८ गते भक्तपुर जिल्ला अदालतमा पेश गरी जवरजस्ती करणी सम्बन्धी कसुरमा दिन ७ (सात) म्याद थप गरिएको ।

साथै घटनामा संलग्न रही फरार भएका जिल्ला झापा चन्द्रगढी पृथ्विनगर न.पा. १ बस्ने बर्ष २१ को दिपेश राईलाई खोजतलास गर्ने क्रममा मिति २०७७/०६/२२ गते जिल्ला झापा भद्रपुर न.पा. ८ बाट महानगरीय प्रहरी परिसर, भक्तपुरले महानगरी प्रहरी वृत्त जगातीबाट झापाको लागी टोली खटाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको ।