१४ बर्षे ठिटीको तिघ्रामुनी हात घुसार्ने आर्मीको क्याप्टेनलाई बेलायतमा जेल

रुद्र ढकाल हलोवाला, लन्डन

बेलायतको लिभरपुल क्राउन कोर्टले यही अक्टोबरको ९ तारेख शुक्रबारका दिन माईकल हन्ट भन्ने एक ६४ बर्षीय आर्मीको रिटायर्डवाला क्याप्टेनलाई १० महिना जेलको सजाएँ सुनाएको छ। हन्टले सार्बजनिक रेलमा यात्रा गर्दा, सिटमा निदाईरहेकी युवतीको तिघ्राभित्र हात घुसारेको दृश्य रेलका सुरक्षा गार्डले सीसी टिभीबाट देखेपछि त्यही फुटेजको आधारमा मुद्दा अगाडि बढेको थियो।

गत ११ अप्रिल २०१९मा लिभरपुलको मर्सिसाईड एरियाको सिफोर्थ देखि लेदर्ल्याण्ड सम्मको यात्रामा माईकल हन्ट भन्ने व्यक्तिले एउटै रेलमा यात्रा गरी रहेकी किशोरी यात्रु नजिकै निदाईरहेको देखेपछि उनको नजिकैको सिटमा गएर ती किशोरीलाई सुम्सुम्याउँदै उनको तिघ्रामुनी बिस्तारै हात घुसारेका थिए। यस्तो अपाच्य दृष्य कन्टोल रुमका गार्डले सिसिटिभिबाट देखेपछि पछि तुरुन्तै ती व्यक्तिको नजिक पुगेर त्यस्तो आपतिजनक तथा घृणित हर्कत तुरुन्तै रोक्नकोलागि चेतावनी दिएका थिए। त्यसपछि गार्डले तुरुन्तै प्रहरी बोलाउने भएपछि ती पूर्ब क्याप्टेन रेलबाट बाहिर निस्की फरार भएका थिए।

लिभरपुलको मुर्र्फिल्ड स्टेशन नजिक यस्तो घटना घटेको हो। तर पनि सिसिटिभी फूटेजको आधारमा उनलाई केही महिना पछि प्रहरीले उनको घरबाटै पक्राऊ गरी मुद्दा चलाएको थियो। तर उनले भने अस्वीकार गर्दै आएका थिए। दुई दिनको बहसको शिलशिलामा गल्ती स्वीकार गरेपछि अस्ती शुक्रबारको दिन अदालतले उनलाई दश महिनाको जेल सजाएँ सुनाएको हो। यसको अलावा उनलाई बेलायतको अपराध शाखाको डाटाबेश अभिलेखमा अबको १० वर्ष सम्म “चाईल्ड मोलेस्टर” अपराधी को सूचीमा समेत राखिने कुरा फैसलामा उल्लेख गरिएको छ।

गत अगष्ट महिनामा पनि बेलायतको एक अदालतले यस्तै प्रकृतिको मुद्दामा एक नेपाली बहालवाला बृटिश गोर्खा शैनिक अफिसरलाई साँढे दुई बर्षको जेल सजाएँ सुनाएको थियो।

ती शैनिक अफिसरले बेलायतमा आफ्नै साथीकी १३ बर्षीय उमेर नपुगेकी बालिका छोरीलाई आफ्नो कारको पछाडिको सिटमा राखी “छातीमा सुम्सुम्याउँदै, ती अल्लारे बालिकालाई उत्तानो पर भन्दै उनको तीघ्राको बिचमा हात घुसार्दै तथा काउकुती लगाउँदै मसारमुसुर पारेका थिए। उक्त मुद्दामा बृस्टोल क्राउन कोर्टले बिनोद राई नाम गरेका ४४ बर्षीय बृटिश गोर्खाली सेनाको कर्पोरललाई साँढे दुई वर्षको जेल सजाएँ सुनाएको थियो। सम्बन्धित समाचारको लिंकहरु यस प्रकार छ: बिनोद राईको समाचारको लिंक: CLICK HERE

ब्रिटिश ट्रान्सपोर्ट पुलिसको वेबसाईटमा रखिएको माईकल हन्टको समाचारको लिंक: CLICK HERE