परिवार सिधाइदिने र ज्यान मार्ने धम्की आएपछि पत्रकार रुदै आए

सप्तरी | समाचार बनाएकै भरमा संचारकर्मीे असुरक्षित हुनु परेको छ । माउण्टेन टेलिभिजनका सप्तरी संवाददाता दिवाकर साह जिल्लामा भएको भ्रष्टाचार र अनियमितताका विषयमा खबर सम्प्रेषण गरेकै भरमा असुुरक्षित हुनु परेको हो । संवाददाता साहको घरमा शनिबार एक समूहले आक्रमणको प्रयास गरेको छ । घरमा बसिरहेको अवस्थामा घर भित्रै छिरेर एक समूहले परिवारका सदस्यमाथि हातपात गरेको हो । हातमा रड, लौरो र हातहतियार सहित आएका उनीहरु दिवाकर खै भन्दै घर भित्र छिरेका थिए । आक्रमणको प्रयास भएपछि संवाददता साह भाग्न सफल भएका थिए ।

सप्तरी जिल्लामा भएका बेथिती विरुद्ध निरन्तर माउन्टेन टेलिभिजनमा समाचार संप्रेषण भएपछि सप्तरीमा भ्रष्टाचार र तस्करीसंग कुुम जोडेर हिडे्नेहरुको निद हराम भएको छ । केही समयअघि भ्रष्टाचारको विषयमा खवर प्रशारणपछि साहलाई ज्यान मार्ने धम्की समेत दिएका थिए । आक्रमणले संवाददाता साहका परिवार यतिबेला मानसिक तनावमा छन् । यहीबेला यिनले लाइभ आएर यस्तो गरेका छन् |