सुन चाँदीको बजारभाउ यस्तो छ

काठमाडौं । आज साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ । चाँदी शुक्रबार तोलामा ९९५ रुपैयाँमा कारोबार भएको थियो ।