सबैभन्दा जोखिम सहरमा छ – डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे,
भारतमा कोरोना संक्रमण बढिरहेको छ | अहिलेसम्म ४२ हजार ६ सात ७० जना संक्रमित देखिएका छन् भने १३९५ जनाको मृत्यु भएको छ | भारतमा जनसंख्या धेरै भएको महाराष्ट्र ( मुम्बई ) मा मात्र १२९७४ जना संक्रमित भएका छन् भने ५५८ जनाको मृत्यु भएको छ | अमेरिकाको न्युयोर्कमा मात्र १ लाक ७४ हजार संक्रमित भएका छन् भने १३५३८ जनाको मृत्यु भएको छ |

यसबाट थाहा हुन्छ कि जनसंख्या धेरै भएका ठाउँ जोखिमयुक्त छन् | नेपालमा सहरी क्षेत्र पनि जोखिममुक्त छैनन् | अहिले संक्रमित क्षेत्रबाट हजारौ व्यक्तिहरु नागढुंगा, फर्पिंग, साँगा, साँखु, टोखा, ककनी, सितापाइला आदि नाकाबाट निर्बाध भित्रिरहेका छन् | त्यस्तै पोखरा, बुटवल, बिराटनगर, नेपालगंज, धनगढी आदि सहरमा पनि भित्रिने संख्या बढिरहेको छ |
यसबाट थाहा हुन्छ, लकडाउन भयङ्कर उल्लङ्घन भइरहेको छ | ती आगन्तुकको लागि अनिबार्य क्वारेन्टाइनको व्यवस्था गरिएको छैन | यस्तै हो भने सहरी क्षेत्रमा कोरोना संक्रमण ब्यापक बढ्न सक्ने अनुमान गर्न गाह्रो छैन |

अर्को कुरा कोरोना परिक्षणको दायरा अत्यन्तै साँगुरो छ | हाम्रो देशमा करिब १४ हजार व्यक्तिको मात्र PCR टेस्ट गरिएको छ | जबकी हाम्रो जस्तो देश भियतनाममा १ लाख ६१ हजार टेस्ट गरिएको छ | भियतनाममा २७१ जना संक्रमित छन् भने १ जनाको पनि मृत्यु भएको छैन |

हामीले यो कुरा बुझ्नु पर्छ कि नेपालको सिमाना जोडिएका भारतका प्रदेशमा कोरोना संक्रमण अहिलेसम्म कम छ | जस्तै बिहारमा ५२३ जना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ | पश्चिम बंगालमा ९६३ जना संक्रमित भएका छन् भने ५० जनाको मृत्यु भएको छ | त्यस्तै उत्तर प्रदेशमा २६४५ जना संक्रमित भएका छन् भने ४३ जनाको निधन भएको छ | उत्तराखण्डमा ६० जना संक्रमित भएका छन् भने एक जनाको पनि मृत्यु भएको छैन |

यो तथ्यांकबाट के थाहा हुन्छ भने हाम्रा सिमानामा संक्रमण थोरै छ | तसर्थ हामी सुरक्षित रहेका छौं | यदि यी ४ प्रदेशमा संक्रमण तीब्र भयो भने नेपाल जोखिममा पर्नेछ | तसर्थ सरकारले सिमालाई १०० % शिल गर्नु जरुरी छ | अनि मात्र हामी सुरक्षित हुन सक्छौं |

(पाण्डे जनस्वास्थ्य विज्ञ हुन् । यो सामाग्रि उनको फेसबूकबाट लिएको हो)