आफ्नै श्रीमती र छोरीलाई अलपत्र पारी श्रीमान फरार, घरवेटीले खोलिदिए ताल्चा मिडियाको प्रभावमा (भिडियाे सहित)

काठमाण्डौँ । अन्तरजातीय बिवाह गरेकी सुजना नेपालीलाई यतिबेला प्रेम , बिवाह अभिषाप बनेको छ । दोलखा लामिडाडामा जन्मेकी सुजना नेपाली आफ्नो परिवारसहित काठमाडौ बस्ने गर्थिन । १३ बर्षको बाल्यकालमा आफुभन्दा १३ बर्ष जेठो भक्तपुर घर भएको अनिल श्रेष्ठले भगाएर बिवाह गरेका थिए । बिवाह गरे पछि विभिन्न बाहाना गराइ आफ्नो घर भक्तपुर भने लगेनन् ।

काठमाडौ हरिसिद्दीमा सानो कोठा खोजी सगै बस्न थाले बिवाहाको ६ बर्ष पछि एउटा छोरी समेत जन्मिन् । पेशाले ड्राइभर अनिल श्रेष्ठ धरान काठमाडौको बस चलाउथे , बिवाहका केहि बर्ष राम्रै बिते पनि छोरीको जन्म पछि श्रीमानको व्यबहारमा परिबर्तन आएको बताउछिन् सुजना । सामान्य कुरामा पनि सानोजात , दमाई , तेरा परिवार दमाई , भन्ने हरेक कुरामा जात जोडेर गाली गर्ने , कुटने अनि पागल हो भन्ने र आफ्ना दाइ, भाउजू र परिवारलाई समेत पागल हो भनी मानसिक यातना दिदै ब्यवस्ता गर्न थाले ।

पछिल्लो समय फोन स्विच अफ गर्ने , रिसिभ नगर्ने , कोठामा नआउने , आए पनि पैसा नदिने कुट्ने गर्न थाले , उनि भन्छिन् ” पछिल्लो तिन महिना देखि मेरो सम्पर्कमा हुनुहुन्न तीन महिनाको भाडा नदिएपछी घरबेटीले कोठामा चाबी लगाइदिए , बोर्डिङमा फिस तिर्न नसकेपछि छोरीको पढाइ बन्द भो अहिले न पैसा , न श्रीमान सम्पर्कमा न त बस्ने न खाने ठाउँ अहिले सडकको बाँस भएकी छु ” साथमा नाबालक छोरी छ म के गरु ? सानोजात भएको कारण मलाई श्रीमानले यस्तो बिचल्ली बनाउनु भयाे ।

घरबेटीले बसेको कोठामा ताला लगाइदिए पछि उनी बेवारिसे भएर मिडियामा रुदै श्रीमान सम्पर्कमा आउन अनुरोध गरेकी थिइन । हामीले यो घटनालाई निरन्तर फलो गर्यौ हाम्रो मिडियाको प्रभाब सामाजिक संजालको दबाबले होला घरबेटिले ” हामीले चाबी लगाईदिए पछि उसको बुढा आउछ होला भनि चाबी लगाइदिएको हो अब उ आउने छाट देखिएन हामीलाई पैसा चाहिदैन हामी बिनासर्त नै कोठा खाली गरिदिन्छौ भनी आज घरबेटिले ताला खोलीदिएका छन् र भएका सामान सबै समिताले निकालेकी छिन ” उनी भन्छिन सामान त निस्कियो अब कहाँ जानू , कहाँ राख्नु न पैसा छ ….!

बाकी भिडियोमा हेर्नुहोस