सोनीका रोकाया भन्छिन : पारस शाहको पैसाको लागि उनको पछि हिंडेकी होईन (भिडियो सहित)

काठमाडौ । पूर्व राजकुमार पारस शाह र मोडल सोनीका रोकायाको जोडीको बारेमा धेरै थरिका गसिपहरु सामाजिक संजालमा आजकल चल्ने गरेका छन् । जब पारस शाह सोनीकाको क्लबको उदघाटनमा पुगे, यी दुई बिचको गसिप बन्न थाल्यो र जब पारसले सोनीकालाई लिएर मनाङ्ग सम्म घुम्न पुगे, धेरैले आ-आफ्नो तरिकाको अनुमान लाउन थाले ।

पारस शाहको पैसाको लागि सोनीका पछि लागेकी देखि सोनीकाले गर्दा पारस शाहले श्रीमती हिमानी शाहसंग डिभोर्स सम्म गर्ने हल्ला समेत सामाजिक संजालमा चल्न थाले । अहिले सामाजिक संजालमा पारस शाह र सोनीकाको लभ अफेयर चलिरहेको छ भन्ने गसिप चलिरहेको छ । यहि विषयमा पारसले भनेका पनि थिए कि ‘हाम्रो सम्बन्ध भगवान जाने’ ।

आज सोनीका रोकायाले दुर्गेश थापासंग एउटा गितको भिडियोमा मोडलिङ्ग गरेकी छिन् । उक्त गितको शुटिङ्गको क्रममा सोनीकाले क्यानाडा नेपालसंग कुराकानी गर्दै पारस शाहसंग आफ्नो नाम जोडेर बदनाम गराउनेहरु माथि आफ्नो आक्रोश व्यक्त गरिन् । आफु सानै देखि दुख पिडा सहदै संघर्ष गर्दै यो स्थान सम्म आईपुगेको कुरा उनले स्पष्ट संग भनेकी छिन् ।

सोनीका रोकाया भन्छिन्, “म यो जाडोमा दुर्गेश थापासंग गितको भिडियोमा डान्स गरिरहेको छु र यो गर्नुको कारण पैसा कमाउन हो । यदि म पारस शाहको पैसाको लागि कुदेको भए यो जाडोमा किन यति दुख गर्थे होला ? पारसको पैसाको लागि सोनीकापछि परेको भन्नेहरुले पहिला मेरो ईतिहास बुझे राम्रो हुन्थ्यो । हुन त मलाई अरुले जे भनुन मतलब त छैन तर त्यस्ता अबुझ व्यक्तिहरुले हेरुन कि सोनीका पैसाको लागि अरुको पछि लाग्दैन बरु मेहेनत गरेर पैसा कमाउन सक्ने आँट भएकी केटि हो ।”
source : canadanepal